नमुना नेपाल पशुपंक्षीमैत्री बनाउँछौं

0
538
सिताराम कट्टेल (धुर्मुस), कलाकार तथा सामाजिक अभियन्ता

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
आजभोली नमुना नेपाल निर्माण अभियानका लागि जग्गा व्यवस्थापनको प्रक्रियामा छु । २÷३ वटा ठाउँमा जग्गाहरु हामिले कल्पना गरे बमोजिमका पत्ता लागेका छन् ।

निकै महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको छ । कसरी सम्भव हुन्छ ?
यो सम्भव चिज नै आँटेको हो । यो असम्भव चिज होईन । विश्वको विकास धेरै अगाडि पुगिसक्यो । तर हाम्रो देशमा भने खाना खानु अघि साबुन पानीले हात धुनु पर्छ भन्ने सिकाईरहेको वर्तमान अवस्थामा यस प्रकारका देशलाई नै विश्वमा चिनाउने अभियानहरु अन्तर्गतका परियोजना सञ्चालन गर्दा विभिन्न किसिमका टिका टिप्पणिहरु हुनु स्वभाविक नै हो । जस जसले यसलाई असम्भव होलाकि भनेर सोच्नु भएको छ, त्यो हामी प्रतिको माया र विश्वास हो जस्तो लाग्छ । हामिलाई उर्जा दिनु भएको जस्तो लाग्छ । त्यो हिसाबमा हामिले जे परिकल्पना गरेका छौँ त्यो सम्भव देखेर नै गरेका छौँ ।

नमुना नेपाल निर्माण सफल हुन्छ भन्ने आधार के छ ?
सबै नेपाली दाजु भाई दिदि बहिनि एक ढिक्का भएर लाग्ने र सरकारले सकारात्मक हिसाबमा सोच्दिने हो भने यो परियोजना सत प्रतिशत सम्भव छ ।

यहाँले परिकल्पना गर्नुभएको नमुना नेपालमा पशुपंक्षीलाई कसरी समेट्ने योजना छ ?
विशेष गरि हामीले मौलिक धरोहरहरु निर्माण गर्ने हो । पशुपक्षीको विषय भनेको हिमाल, पहाड र तराई जस्ताको त्यस्तै भिजन देखाउने भनेपछि त्यहाँका पशुपक्षीको साझा बासस्थान हो । विशेष गरि यो हरियाली हुने भएकोले चराचुरुङ्गीको बासस्थान हुन्छ । यद्यपी हामिले चिडियाखाना बनाउन खोजेको होईन ।

घरपालुवा जनावरमध्ये कुन जनावरप्रति यहाँ आकर्षित हुनुहुन्छ ?
मेरो आकर्षण चाहिँ विशेषगरि कुकुरमा थियो । गााउँमा हुँदाखेरि म कुकुरको असाध्यै सौखिन मान्छे हो । पहाडमा हुँदाखेरि भोटे कुकुर एकदमै मन पथ्र्यो । तराईमा चाँही त्यो वातावरण पनि सम्भव भएन । तथापी तराईमा पाईने कुकुरहरु चाँही म घरमा पाल्थेँ । कुकुरका छाउराहरु खोजी खोजी पाल्थेँ । काठमाण्डौ आएपछि यि सबै चिजहरु दुर भए ।

यहाँले बङ्गुर फार्म पनि संचालन गर्नुभएको थियो । अहिले केद छ अवस्था ?
बङ्गुर फार्म पहिले थियो । अहिले छैन । २ वर्ष चलाएँ । बङ्गुर पालन व्यवसाय राम्रै हुने व्यवसाय हो तर मेरो ठिकै थियो । टाईम दिन नसकेर हो ।

नेपालमा पशुपालन व्यवसायको सम्भावना र सफलता कस्तो पाउनुहुन्छ ?
नेपालमा पशुपालनमा निकै सम्भावना छ । आधुनिक पशुपालन प्रणाली अन्तर्गत काम गर्ने हो । पुर्ण व्यवसायिक हिसाबमा अगाडि बढ्ने हो भने निकै राम्रो भविश्य छ पशुपालनमा । तर मिहिनेत र परिश्रम धेरै गर्नुपर्छ । आफु खटियो त सबै चिज राम्रो हुन्छ । मेरो पनि म सुरुका दिनमा आफँै खटिएको थिएँ निकै राम्रो थियो । पछि खटिन पाईएन । अर्कालाई जिम्मा लगाएर गर्दा त्यो सम्भव भएन । चिन्ता र माया हुनु पर्यो र आफु खटिनु पर्यो । त्यो भयो भने पशुुपालनबाट अत्यन्त लाभ लिन सकिन्छ ।

यहाँलाई मासु कत्तिको मनपर्छ ?
म मांसाहारी हुँ । खसिको मासु मन पर्छ । त्यसमा पनि कलेजो बढि मन पर्छ ।

LEAVE A REPLY