व्यवस्थापनको अभावमा छाडा चौपया मर्दै

0
156

कठमाडौं, १३ पुस । जाडो बढेसँगै कञ्चनपुर महेन्द्रनगर क्षेत्रका छाडा गाईगोरुहरु भोकप्यास र चिसोले कठ्यांग्रिएर मर्न थालेका छन् ।

महेन्द्रनगर बजार क्षेत्रको एउटा कम्पाउण्डभित्र तिन चार दिनदेखि बन्द गरिएर राखिएको ति चौपायाहरु त्यही भोक र जाडोले मरिरहेका छन् । हालसम्म त्यहाँ ५ वटा गाई मरिसकोको छ ।

ग्रामीण भेगमा ति छाडा चौपायाले बाली खान थालेपछि स्थानियहरुले तिनीहरुलाई धपाएर भीमदत्त नगरपालिका परिसरमा पुर्याउने गरेका छन् । नगरपालिकाले भने त्यस्ता चौपायाहरुलाई बजार क्षेत्रकै खाली सरकारी कार्यालयको कम्पाउण्डभित्र राखेका हुन् ।

स्थानिय जानकी बोहराले पाँच, छ दिनदेखि ति गाईगोरुहरु कम्पाउण्डभित्र थुनिनुका साथै पानी पनि पिउन नपाएर मरेको बताएका छन् ।

बजार र आसपास क्षेत्रमा समेत दिनहुँ गाईगोरु मरेकोभेटिएका छन् ।

कम्पाउन्डभित्र बन्द चौपायालाई आइतबार स्थानीयले छाडिदिएका छन् ।

एकरडेढ सातायता महेन्द्रनगर बजार क्षेत्र छाडा चौपायाले भरिएको छ । नगरपालिकाले व्यवस्थापन काम भइरहेको सूचना जारी गरेपछि ग्रामीण भेगका बासिन्दाले आफ्नो गोठका चौपायासमेत बजार लगेर छाड्न थालेका हुन् ।

स्थानीय तह चुनावको बेला जनप्रतिनिधिले छाडा चौपायाको व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका थिए । तर अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा रातभर चरेर गहुँबाली सखाप गर्न थालेपछि स्थानीय आक्रोशित भएर गाई गोरु नगरपालिका कार्यालयमा ल्याउन थालेका हुन् ।

भीमदत्त नगरपालिकाले भने सबै वडाले आआफ्नो क्षेत्रका छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने जनाएको छ । वडाले व्यवस्थापन गर्न नसकेकामा मात्रै नगरपालिकाकै बागफाँटामा जमिन लिजमा लिएर खोर निर्माण गरिने नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनले ३र४ वडाको एउटा व्यवस्थापन समिति बनेको र सबै वडा कार्यालय आआफ्नो क्षेत्रका चौपाया व्यवस्थापन गर्ने काममा जुटेको बताए । उनले वडा कार्यालयले नसकेपछि नगरपालिकाले ३० लाख बजेट छुट्याएर छाडा चौपाया व्यवस्थापनको काम अघि बढाएको बताए ।

नगरपालिकाले पहिलो चरणमा सबै वडामा गाईबस्तुको लगत संकलन गरिसकेको छ । दोस्रो चरणमा मालिक र गाईबस्तुको पहिचानका लागि काम भइरहेको विष्ट बताउँछन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएका जिल्लाका शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकामा पनि छाडा चौपायाको समस्या विकाराल बनेको छ ।

LEAVE A REPLY