कुकुरको चटाईबाट प्राणघातक संक्रमणको सम्भावना

0
165

एजेन्सी, १४ पौस । पाल्तु कुकुरलाई घरको सदस्यझैं व्यवहार गरेर त्यसलाई माया गर्नु, सुमसुम्याउनु सबैको लागि स्वभाविक हो । कति ठाँउमा त मानिसले कुकुरको मुख मानिसको भन्दा शुद्ध हुन्छ भन्ने भनाईका कारणले कुकुरलाई आफ्नो शरिरको अंगहरु मायाले चाट्न दिन्छन् । तर त्यस पाल्तु कुकुरसँग त्यस किसिमको व्यवहार गर्ने कुकुर पालकहरु प्राणघातक रोगहरुको सम्भाव्य खतरामा रहेको बताएको छ ।

तर एकजना विज्ञले कुकुरको मुख शुद्ध हुन्छ भन्ने त्यस किसिमको भनाईलाई गलत साबित गरेका छन् । कुकुर सम्बन्धिका जानकार एकजना मार्टि बेकरले भने,‘ तपाईहरु सबै यसलाई ध्यान दिएर हेर्नुहोस्, सुँघ्नुहोस् र तपाई आफैले त्यो कुरा गलत रहेछ भनेर अनुभूति गर्नुहुनेछ ।

बेकरका अनुसार अनुहार चाट्न मनपराउने कुकुरहरुले मानिसको स्वाथ्यमा गम्भिर असर पुर्याउने किसिमका धेरै बेक्टेरियाहरु बोक्छ ।

क्वीन मेरी विश्वविद्यालयका भाइरोलोजी र बेक्टेरियोलोजीका एकजना प्राध्यापक जन अक्सफर्डले त्यस्ता खतरनाक जिवाणुहरु कुकुरको र्याल बाहेक अन्य स्थानमा पनि हुने बताएका छन् ।उनका अनुसार कुकुरहरुले आफ्नो जीवनको ज्यादा समय फोहोर स्थानहरुमा सुँघेर, फोहोर वरपर घुमेर बिताउने हुँदा उनीहरुको मुखमा सबै किसिमको बेक्टेरिया, भाइरस र अन्य संक्रमक जिवाणुहरु बस्ने गर्छन् ।

त्यस्ता जिवाणुहरु मध्ये शक्तिशाली जिवाणुहरुमा प्राणघातक संक्रमणहरु फैलाउन सक्ने क्षमता हुन्छ । क्यापनोसाइटोफाजा क्यानिमोर्सस कुकुरको र्यालमा पाइने जिवाणु हो । यस जिवाणुमा घातक असर पुर्याउन सक्ने क्षमता हुन्छ ।

यसले सेपसिसजस्तो रोग निमत्याउन सक्छ जसले शरिरको अंकमा क्षति पुर्याउनका साथै संक्रमित व्याक्तिको मृत्यु पनि हुनसक्छ ।

यस रोगको सुरुवाती लक्ष्यणहरु अन्य बीमारको जस्तै हुन्छ । तर यस रोगको संक्रमणमा संक्रमित अन्य रोगभन्दा चाढै थलिनेगर्छ । क्यापनोसाइटोफाजा क्यानिमोर्ससका लक्ष्यणहरु ज्वरो, जाडो हुनु, पसिना आउनु र शरिरबाट तागत हराएर जानु हो ।

कुकुरहरुलाई संक्रमण गर्ने जिवाणुहरुमा रिङवर्म एउटा हो, जसलाई उसले सजिलै पचाउन सक्छ ।

एक प्रतिवेदनका अनुसार आफ्नो पाल्तुलाई अन्य धेरै पाल्तुको सम्पर्कमा लगिरहेको खण्डमा उनीहरुमा संक्रमण फैलिने अझ धेरै सम्भावना रहन्छ । तर यदि कुकुर आफैले संक्रमण बोकेको छ भने त्यो एकदमै स्पष्ट देखिने प्रतिवेदनमा उल्लेख छ । त्यस्तो अवस्थामा कुकुरहरुमा चाँया पर्ने, रौं झर्ने साथै कुकुरको छालाहरुमा अध्याँरो धब्बाहरु देखा पर्ने बताएको छ ।

यस्ता किसिमको संक्रमणको उच्च जोखिममा बच्चाहरु अत्याधिक रहेको पनि प्रतिवेदनमा बताएको छ ।

LEAVE A REPLY