डिडिसि सहित ५० खाद्य कम्पनीको गुणस्तर प्रतिकूल, विभागद्वारा मुद्दा दायर

0
350

 

कठमाडौं, १४ पौस । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वजारमा पाइने खाद्य तथा पेय पदार्थमध्ये सबैभन्दा दुषित दुध र पानी रहेको जनाएको छ । यसै आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा विभागले गरेको नमूना परिक्षणको नतिजा प्रतिकूल आएको हो ।

विभागले परिक्षणका लागि संकलन गरेको ९०३ नमूनामध्येको ११५ नमूना गुणस्तरहिन आएको हो । ति सबै गुणस्तरहिन पद्यार्थमध्ये प्रशोधित पानी र दुध प्रमुख रहेको छ । परिक्षण गरिएका नमूनाहरुमा प्रशोधित पानीको ३८ वटा नमूना र दुधको २० वटा नमूना प्रतिकूल पाएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जनाए । प्रवक्ता वस्तीले परिक्षण भएका खाद्यान्न र दलहनको १८, घ्यु र तेलको ९ नमूना प्रतिकूल पाइएको छ ।

सेवन गर्न अयोग्य नमुनाहरु भेटिएपछि विभागले सरकारी संस्थान डिडिसीसहित विभिन्न उत्पादक तथा बिक्रेता कम्पनीविरुद्ध सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा ५० वटा मुद्दा दायर गरेको छ। नमुना परीक्षणमा दूध र पानी बढी प्रतिकुल देखिए पनि विभागले तेलजन्य पदार्थमा सबैभन्दा बढी १३ मुद्दा दायर गरेको छ।

डिडिसी संस्थान बालाजूसहित, मिल्कमाण्डु डेरी भैंसेपाटी, नेपाल डेरी धापाखेल, संजिवनी डेरी उद्योग भक्तपुर, सुजल डेरी थानकोट, श्रीराम घिउ प्याकेजिङ उद्योगबिरुद्ध विभागले मुद्दा दर्ता गराएको छ।

LEAVE A REPLY