पाँचौं राष्ट्रिय पोल्ट्री दिवस मनाइयो 

0
357

सन्तोष डि.सी.

पोल्ट्री दिवसको अवसरमा पूर्वी चितवनको रत्ननगर आयोजित कार्यक्रममा बोल्दै पोल्ट्री व्यवसायीहरुले राज्यले थोरैं मात्रै सहयोग गरे छिट्टै मासुमा देशलाई आत्मनिर्भर गराउन सकिने बताएका छन् । नेपालमा यातायातको सुविधा र मौसम अनुकुल रहेका सबै जिल्लामा कुखुरापालन व्यवसाय गर्न सकिने व्यवसायीहरुले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पशुपंछी विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीले देश अण्डामा आत्मनिर्भर भएकोले अब मासु र दूधमा आत्मनिर्भर बनाउने दिशामा लाग्न व्यवासायीहरुलाई आग्रह गरे । व्यवसायी माथि परेका ऐन नियमका समस्या फुकाउँदै जाने आश्वासन उनले दिए । व्यवसायीहरुले सरकारले निर्धारण गरेको लक्ष्य पार गरेपनि मासुमा आत्मनिर्भर हुन नसकिएको जनाएका छन् । ‘मासुमा आत्मनिर्भर बनाउन अन्य पशुचौपायको भन्दा बढि कुखुराकै योगदान रहनुपर्दछ अन्यथा आत्मनिर्भर हुन सकिदैन’ चितवनका पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले भने ‘पोल्ट्रीकै बलमा देश मासुमा आत्मनिर्भर छिट्टै हुन्छ ।’
कार्यक्रममा पछिल्लो समयमा तिव्र खण्डीकरण र जग्गाको मूल्य अधिक हुँदा लगानी गर्ने व्यवसायीहरु निरुत्साहित हुन थालेको ह्याचरी संघका केन्द्रिय अध्यक्ष टिकाराम पोखरेलले बताए । पोल्ट्री क्षेत्रको विकासले गर्दा विदेशबाट आयात हुने करोडौंको मल आयात प्रतिस्थापन भई कुखुराको सुली मलको रुपमा प्रयोग गरिएको छ ।
केही वर्षअघिसम्म हप्तामा २ लाख चल्ला विक्री गर्ने व्यवसायीहरुले अहिले २५ लाख चल्ला बिक्री गर्दै आएका छन् । यो तथ्याङकबाट नै थाहा हुन्छ कि नेपालमा पोल्ट्री व्यवसाय पछिल्लो दिनमा फस्टाउँदै गएको छ । पोल्ट्री व्यवसायमा भित्रिएको लगानी र प्रविधिले यसको दायरलाई बढाउँदै लगेको ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए ।

देशको कुल ग्राहस्थ उत्पादनको करीब ४ प्रतिशत योगदान अहिले पोल्ट्री क्षेत्रको रहेको छ । पोल्ट्री व्यवसायमा ८० अर्वको लगानी छ । वि.स. २०१७ पुष १७ गते बाराको परवानीपुरमा सेन्ट्रल ह्याचरी स्थापना भएको दिनलाई आधुनिक पोल्ट्रीको शुरुवात भएको मानेर २०७० सालदेखि यो दिवस मनाउन शुरु गरिएको हो । यो क्षेत्रमा १ लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिला,े दोस्रो, चौंथो पोल्ट्री दिवस चितवनमा मनाइएको थियो भने, तेस्रो झापामा मनाईएको थियो । पाँचौं पोल्ट्री दिवस पनि आज चितवनमा मनाईएको हो ।

सबै जसो उपभोग्य वस्तुहरु आयात गर्ने नेपाल अण्डामा भने आत्मनिर्भर बनेको छ । गत वर्ष कूल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर बनेको हो । गत तीन वर्षदेखि हाँस र कुखुराको अण्डामा उत्पादन लगातार वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

पोल्ट्री दिवसमा इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट एसोसिएसन को र्याली 


राष्ट्रिय पोल्ट्री दिवस को अवसर मा इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट एसोसिएसन रामपुर(IVSA Rampur) ले जनचेतनमुलक   र्याली निकालेको छ । चितवनको टाडिबाट सुरु भएको उक्त  र्याली पाँचौं राष्ट्रिय पोल्ट्री दिवसको कार्यक्रम संञ्चालन भईरहेको स्थानमा पुगेर समापन गरिएको थियो ।उक्त यालीमा कृषि तथा वन विज्ञान विश्वविद्यालय ,त्रिभुवन विश्वविद्यालय तथा पुर्वाञ्चल विश्वविद्यालयमा भेटेरिनरी अध्य्यनरत विद्यार्थीहरुको सहभागिता थियो।

देशमा मासु र अन्डामा बढ्दो परनिर्भरता घटाउन तथा मासु र अण्डाका फाइदाहरु सर्बसधारण समक्ष राख्न यो र्याली आयोजना गरिएको  र्यालीमा सहभागी विद्यार्थीहरुले वताए।

LEAVE A REPLY