साना किसान डेरी मिसन कार्यक्रमका लागि प्रस्ताव आह्वान

0
459

काठमाडौं । पशु उत्पादन निर्देशनालय, हरिहरभवन ललितपुरले साना किसान डेरी मिसन कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव आह्वान गरेको छ ।

निर्देशनालयले डेरी सम्बद्ध कार्यक्रमहरु सार्वजनिक, निजी, साझेदारी मोडलमा कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।

दुग्ध क्षेत्रको प्रवर्दनात्मक कार्यहरुको विस्तृत विवरण सहित सुचना प्रकाशन भएको तीस दिन भित्र निर्देशनालय वा जिल्ला पशुसेवा कार्यलयमा प्रस्ताव पेश गर्न निर्देशनालयले जनाएको छ ।
डेरी एशोसिएसनसंगको सहकार्यमा दुग्ध क्षेत्रमा सुधार कार्यक्रम, सावजानिक निजी साझेदारीमा साना डेरी प्रशोधन प्लान्ट केन्द्रको स्थापना कार्यक्रम र सार्वजानिक निजी साझेदारीमा दुग्ध चिस्यान केन्द्र स्थापना कार्यक्रमहरु मध्ये एक प्रस्तावकले एकमा मात्रै प्रस्तावना पेश गर्न सकिनेछ ।

 

LEAVE A REPLY