दुई दिने व्यवसायिक कुखुरा पालन तालिम सम्पन्न

0
394

काठमाडौं। पशु सेवामा अनवरत रुपमा खटिँदै आएको अन्तराष्ट्रिय भेटेरीनरी विद्यार्थी महासंघ, नेपाल आइभिएसए नेपालको शाखाको स्थानीय संजालले २ दिने कुखुरापालन सम्बन्धी प्रशिक्षण गरेको छ । आइपिएसए रामपुरद्वारा कृषि तथा बन विश्वविद्यालयमा दुई दिने व्यवसायिक कुखुरा पालन तालिम भव्यताका साथ सम्पन्न गरेको हो । केन्द्रीय क्याम्पस, कृषि तथा बन विश्वविद्यालयमा भएको कार्यक्रममा ५० किसान सहभागी थिए । ५० सहभागी विद्यार्थी रहेको पहिलो दिन १५० विद्यार्थी थिए ।
तालिममा बिनिता पौडेलले नेपालमा कुखुरा पालनको परिचय, फाइदाहरु र बर्तमान अवस्था, डा. प्रतिक हमालले कुखुराको खोर ब्यबस्थापान, उप प्रा.डा.अनन्त दाहालले जैविक सुरक्षा, दाना पानी, सोत्तर ब्यबस्थापन तथा परजीवी रोगहरु र ब्यबस्थापन, सह प्रा. डा. रेवन्त कुमार भट्टराईले कुखुरामा देखिने विभिन्न रोगहरु, लक्ष्ष्ण, रोकथाम तथा एन्टिबायोटिक र प्रोबायोटिकको समुचित प्रयोग, उप प्रा. दावा छिरिंग तामांगले नेपालमा कुखुराको चल्ला वितरण संजाल, प्रा. डा. राम प्रसाद पौडेलले खोपको परिचय, लगाउने समय र विभिन्न उपलब्ध खोपहरुबारे जानकारी दिएका थिए ।
समापन समारोहका प्रमुख अतिथि नेपाल भेटेरीनरी एसोसिएसनका अध्यक्ष डा. शितल काजी श्रेष्ठले किसानहरुले व्याबहारिक ज्ञान हसिल गरेर मात्र नभई त्यसलाई ब्यहारमा नै लागु गर्नु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल एग्रो प्रोडक्टस रहेको थियो भने कृषि तथा बन विज्ञान विश्वविद्यालयको सहयोग रहेको थियो । कार्यक्रम आइभिएसए रामपुरका अध्यक्ष खिमबहादुर आलेको अध्यक्षता र सचिव विनोद पोखरेलको संचालनमा भएको थियो ।

LEAVE A REPLY