चीन पठाइँदै गैँडा स्थानीय तहलार्इ जानकारी नै छैन

0
312

चितवन । दुर्इ जोडी गैँडा चीन पठाउने अन्तिम तयारी भइरहेको छ। चीन पठाउनका लागि गैँडालार्इ वातावरण मैत्री बुमामा राखिएको छ, सौराहामा।

यसरी चीन गैँडा पठाउने विषयमा भने यहाँको स्थानीय तह बेखबर छ।

गैँडा चीन पठाउने विषयमा आफुहरुसंग समन्वय नगरेको भन्दै रत्ननगर नगरपालिकाले रोष प्रकट गरेको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गत बुधवार पत्रकार सम्मेलन नै गरी चीन गैंडा पठाउनेबारे स्थानीय सरकार वेखवर हुनु दुःखद रहेको वताए।

गैंडा पठाउने सम्वन्धमा अहिले सम्म मन्त्रालयदेखि निकुञ्जले समेत समन्वय नगरेको मेयर वनले वताए । नेपाल सरकारको हामीले विरोध गर्न खोजेका होईने मेयर वनले भने – तर हाम्रै संरक्षणमा रहेको गैंडा चिन पठाउँदा समन्वय नहुनु विडम्वना हो ।

अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालिन वन मन्त्री अग्नी सापकोटाले चीन पुगेर त्यहाँका समकक्षीले गैँडा उपहार मागेका थिए। सोही अनुरूप सरकारले चीनलाई दुई जोडी गैंडा उपहार स्वरुप दिने निर्णय गरिएको थियो।

सोही निर्णय अनुसार एक जोडी गैडा यही असार २८ गते चीन पठाईदैछ । गैडा पठाउँदा स्थानीय सरकारको पनि उपस्थिति हुनुपर्ने मेयर वनले माग गरेका छन्।

स्थानीय सरकारसंग समन्वय गर्नु पर्नेमा उल्टो चासो राख्दा समेत केही जानकारी नपाएको नगर प्रमुख वनले बताए।

नगर उपप्रमुख विमला दुवाडीले गैँडा पठाउन लाग्दा समन्वय नहुनु दुःखदको विषय रहेको वताईन् । चीन पठाउन लागिएको एक जोडी गैडालाई अहिले सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बुमामा राखिएको छ ।

LEAVE A REPLY