पशुपंक्षीको गैरकानुनी ढुवानी रोक्न माग गर्दै सर्वोच्चमा रिट

0
690

काठमाडौं । मासुजन्य पशुहरुको गैरकानूनी रुपमा भइरहेको  ढुवानी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता पदम बहादुर श्रेष्ठ र षटकोण श्रेष्ठले पशुपक्षी मन्त्रालयसहित विभिन्न ११ सरकारी निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा तराईबाट काठमाडौंमा दैनिक ५०० देखि ६०० वटा सम्म राँगाभैसी, १५०० देखि २००० सम्म खसीबोकाहरु र अन्य मासु जन्य पशुहरुको कानुन विपिरित ढुवानी भइरहेको दाबी गरिएको छ।

रिटमा पशुको ढुवानी गर्दा पशुलाई शरीरमा कुनै पनि असर नपर्ने गरी स्वच्छ वातावरण तथा प्राविधिक दृष्टिकोणले उपयुक्त हुने गरी एक ठाउँबाट अर्को स्थानमा ढुवानी गर्नुपर्ने,  पशुको ढुवानी गर्दा कुनैपनि सवारी साधन भित्र हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्यधिक चिसो र तातोबाट बचाई एक आपसमा ठोकिएर अगंभगं नहुने गरी सावधानीपूर्वक ढुवानी गर्ने व्यवस्था तत्काल गर्नु गराउन सम्बन्धित निकायको नाममा परमादेश जारी गर्न माग गरिएको छ ।

यस्तै मासु जन्य पशु, पशुपन्छी र अन्य पशुहरुको समेत अधिकार संरक्षणको लागी पशु कल्याण कानूनको निर्माण गर्नको लागी तत्काल पहल गर्न पनि माग गरिएको छ ।

LEAVE A REPLY