गिरिराज कुखुरा अण्डा र मासु दुवै प्रयोजन को लागि पालिने कुखुरा हो | -राजेन्द्र देवकोटा

0
376


गिरिराज अण्डा र मासु दुवै प्रयोजन को लागि पालिने कुखुरा हो | जसलाई पूर्ण रुपमा छाडेर र अर्ध छाडेर पालना सकिन्छ | जस्ले गाउँ घर मा हुने घास , सागपात र खेर गएको अन्न समेत खाने हुदा उत्पादन लागत समेत कम हुन जान्छ | २ महिना मा १ किलो अनि ५ महिना मा ३ किलो ५०० ग्राम हुने यो जात को कुखुरा जस्ले १ बर्ष मा १८० वटा सम्म अण्डा पर्ने गर्दछ | र एक बर्ष मा सरदर ४ किलो सम्म हुने गर्दछ | स्थानीय जात को जस्तै स्वाद र धेरै ले यसको मासु मन पराउने हुदा पनि हालका दिनमा यसको महत्व झन् बढी राखेको छ| यस प्रकारको कुखुरा लाई बर्शिम , कम्फ्रे जस्ता उन्नत घास र स्थानीय जात भुइँ घास र डाले घास समेत खुवाएर पाल्न सकिन्छ |

बिधुत आपूर्ति नभएको ठाउमा समेत स्थानीय स्रोत र साधन बाट ताप र प्रकाश समेत पैदा गरि यसको पालन गर्न सकिन्छ | खुल्ला र अर्ध रुपमा छोडेर पाल्न सकिने हुदा सोहि प्रकारको सरचना निर्माण गरि यस प्रकार को कुखुरा पाल्न सकिने हुदा सहज र सजिलो समेत हुन्छ |यस कुखुराको खोर निर्माण गर्दा हावा को आरोह अवरोह सहज रुपमा हुन सक्ने , स्थानीय स्तरको स्रोत साधन र सोहि छेत्र मा उपलाब्ध हुने अन्न अनाजको समेत प्रयोग गरि पाल्न सकिने हुन्छ |

-राजेन्द्र देवकोटा

LEAVE A REPLY