दुध बेचेर १५ लाख आम्दानि गर्ने यी किसान :जय प्रसाद पाण्डे(भिडियो रिपोर्ट)

0
337

गोर्खा निबासी जय प्रसाद पाण्डे को भनाई अनुसार उनले १० हजार को लगानीमा २ बटाबाट सुरु गरेको गाईपालन अहिले ७ बर्ष पछि १२ बटा मा पुर्याएको उनको दाबि छ ।४ जनाको उनको परिवार लाई नपुग्दो केहि छैन । दुवै छोराछोरीलाई राम्रो संग पढ्न र घर ब्यबहार धान्न्न अहिले सजिलो भएको उनको तर्क छ । दैनिक ७० लिटर सम्म दुध बेचने गरेको उनि दैनिक ४००० सम्म आम्दानि गर्ने गरेको उनको भनाइ छ । गोरखाको चलन चल्ती मा गाई को मुल्य ७०/८०/९० हजार सम्म परेपनि नेपालमा लगभग ६०/७० हजार देखि २ देखि २ लाख ५० हजार सम्म पर्ने रहेछ। समय मिलाएर दैनिक रुपमा घरपरिवार कै बिचमा रहेर काम गर्न सके बिदेशमा भन्दा यहिँ सजिलो र काम गर्न उपयुकत्त हुने पाण्डे को तर्क छ ।गाईलाई दाना मात्रै खुवाउनु भन्दा गाईपालन संगै घास को खेति गरे गाईको दुधको गुणस्तर पनि राम्रो हुने उनको तर्क छ ।तराईमा पाईने भुष, मकैको पिना, तोरीको खैर आदि गाईलाई खुवाउन सके गाई पनि स्वस्थ हुने उनको तर्क छ ।

हेर्नुहोश नेपालि डोमेस्टिक अग्रिकल्चरले तयार पारेको यो भिडियो रिपोर्ट

LEAVE A REPLY