कार्तिकमा कुखुरा विज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन हुने

0
201

काठमाडौँ । आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनमा कुखुरासम्बन्धि बैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालय परिसरमा कुखुरा सम्बन्धि अन्तराष्ट्रिय बैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराइएको हो ।

कुखुराको उचित व्यवस्थापन गरी मुलुकलाई समृद्ध बनाउन आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यका साथ कुखुरासम्बन्धि अन्तराष्ट्रिय बैज्ञानिकहरुको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिकी अध्यक्ष डा. शारदा थपलियाले जानकारी दिनु भयो ।

सम्मेलनमा भारत, जापान, अष्ट्रेलिया, जर्मन, बंगलादेश, इजिप्टलगायतका १० वटा देशका ५० भन्दा बढि कुखुरा बैज्ञानिकहरु सहभागी हुनहुनेछ ।

नेपालमा हाल कुखुरा पालनबाट वार्षिक ३३ अरव ३२ करोड आम्दानी हुन गरेको सरकारी तथ्यांक छ । सम्मेलन कुखुरी पालनका क्षेत्रमा कार्यरत कृषकहरुलाई बढि उपयोगी हुने पनि अध्यक्ष थपलियाले बताउनु भयो ।

LEAVE A REPLY