समझदार कुकुरले ७ महिनाकी बालिकालाई दाँतले टोकेर घिसार्दै बचायो

0
173

क्यालिफोर्निया। अमेरिकाको स्टकटनकी महिलाले आफ्नो कुकुरको यस्तो कामको बारेमा बताइन् जसले धेरैलाई आश्चर्यचकित बनाइदियो । मानिसहरु अहिले कुकुरलाई हिरो भनिरहेका छन् । यहाँ बस्ने महिला नैना चेचेण्डा आधारातमा आफ्नो कुकुर भुकिरहेको देखेर हैरान भएकी थिइन् । आँगनमा बाँधिएको कुकुर जब अनौठो तरिकाले रुन थाल्यो त्यसपछि भने महिलाले तल गएर गेट खोलिन् । गेट खोल्नासाथ कुकुर उनको छेउमा आएर जोडजोडले भुक्न थाल्यो ।

महिलाले ढोका खोल्नासाथ कुकुर उनको छेउमा आएर अनौठो तरिकाले भुक्न थाल्यो । कुकुर निकै चिन्तित थियो । महिलालाई लाग्यो कि उनको घरमा कोही घुसेको हुन सक्छ त्यसैले उनले यताउता हेर्न थालिन् । यतिबेलासम्म उनकले कुकुरलाई खोलिसकेकी थिइन् । कुकुर भने निकै छिटो घरभित्र दौडियो । नैना तल आउँदा उनकी ठूली छोरी उनीसँगै तल आएकी थिइन् तर उनकी ७ महिनाकी छोरी भित्र सुतिरहेकी थिइन् । कुकुर तिनै बालिका भएको ठाउँमा पुग्यो र उनलाई डाइपरमा मुखले समातेर तान्न थाल्यो ।

कुकुरले उनलाई तान्दै बाहिर ल्याउँदै थियो यही बीचमा नैना पनि त्यहाँ पुगिन् । छोरीलाई कुकुरको मुखमा देखेर उनी आत्तिएर चिच्याइन् र त्यहाँबाट भाग्न थालिन् । तर कुकुर भुकिरहेको थियो । त्यही बेला नैनाले झ्यालबाहिर हेर्दा उनको होस उड्यो । उनले देखिन् कि उनको कोलोनीमा आगो लागिसकेको थियो । आगोले कैयौं घर जलिरहेका थिए र आगो उनको घरतिर बढिरहेको थियो । नैनाले बुझिन् कि उनको कुकुर त्यही आगोबाट उनीहरु सबैलाई बचाउन चाहन्थ्यो । उनीहरु दुई जना बाहिर आइसकेकोले कुकुरले उनकी ७ महिनाकी बच्चीलाई बचाउन तानिरहेको थियो ।

नैना कत्ति पनि ढिलो नगरी छोरीहरु र कुकुरलाई लिएर घरबाट बाहिर निस्किन् । त्यही बेला नजिकै विष्फोट भयो र आगोले उनको घरलाई पनि आफ्नो चपेटामा लियो । नैनाले छिमेकीहरुलाई पनि उठाएर उनीहरुको घरबाट बाहिर निकालिन् र फयर ब्रिगेडलाई सूचना दिइन् । फायर ब्रिगेड पुग्दासम्म आगोले धेरै नोक्सान गरिसकेको थियो । कसैको ज्यान भने गएको थिएन । पछि नैनाले सबैलाई आफ्नो समझदार कुकुरको कहानी सुनाइन् जसले धेरैको ज्यान बचाएको थियो ।

LEAVE A REPLY