भाजुरत्न फर्माले अवैध एन्टिबायोटिक्स आयात गरेको पुष्टि

1
606

काठमाडौं। नेपालमा अवैध औषधी आयात भइरहेको बेला पुनः अवैध औषधी आयात भएको पाइएको छ । भाजुरत्न फर्मा प्रा.लि.ले नेपालमा अवैध औषधी आयात भएको खुलेको हो । भाजुरत्नले पशुपन्छीको उपचारमा प्रयोग हुने औषधी इरिथ्रोभेट आयात गरेर बजारमा पठाएको हो ।
नेपालमा पशुपन्छिको औषधी तथा फिड सप्लिमेन्टको मागको ठुलो हिस्सा ओगटेको यस कम्पनीले भेटेकुईनल ब्राण्डका अबैध औषधी आयात गरि जनमानसमा भ्रम पार्दै किसान ठग्ने गरेको छ । व्यापारिक घराना ज्योती गू्रपको सिस्टर कम्पनीको रुपमा संञ्चालित यस कम्पनीको सम्पुण लगानी ज्योति गू्रपको रहेको छ । विभिन्न ब्राण्डका औषधी आयात गर्दा नेपालको एक मात्र आधिकारीक सरकारी निकाय औषधी व्यावस्था विभागमा अनिवार्य दर्ता गर्नुपर्ने नियमको खिल्ली उडाउदै अबैध औषधीको भण्डारण तथा विक्रि वितरण गरेको पाईएको हो ।
कुनै पनि विदेशी उत्पादन बस्तुहरु नेपालमा आयात गरि विक्रि वितरण गर्नको लागी अनिवार्य रुपमा आयात शिफारिसको जरुरत पर्दछ । सरकारी विभाग बाट आयात शिफरिस लिईसके पछि सो सिफारीसको आधारमा नेपालको बाणिज्य बैंकहरु मार्फत रकम पठाए पश्चात मात्र कम्पनीका उत्पादन आउने गर्दछन ।
भेटेकुईनलका नेपाल प्रमुख केदार सुवेदीका अनुसार यो उत्पादन पुर्णरुपमा एण्टिबायोटिक्स नै हो । यसको लेवलमा फिड सप्लिेमेण्ट लेख्नै मिल्दैन तर उनले पत्रकारलाई व्यावाहारिक अवस्था हेरिदिन अनुरोध समेत गर्दै भाजुरत्नले कानुन विपरित गर्नै नहुने काम गरेको समेत स्वीकारे । उनले भेट टाईम्सको जिज्ञासामा कागजी प्रकृया नपुगेको आफ्नो उत्पादनको बारेमा प्रष्ट पार्दै जानकारी गराएको भन्दै उनले धन्यबाद भन्न समेत भ्याए।
स्मरण रहोस भाजुरत्न कम्पनीले आयात गर्ने अधिकांश औषधी अबैध छन् । उच्च घरानको शक्तिको आडमा नियामक निकायलाई समेत प्रभाव पार्दै लाखौ किसानलाई ठगी गर्ने भाजुरत्जन कम्पनीका प्रतिनिध महेशराज हाडा संग उनको सम्पर्क नंं ९८५५०२३५८७ मा विहीबार भेट टाईम्सले सम्पर्क गर्दा आफुहरुले औषधी दर्ता गरेको र कुनै फल्ट नभएको समेत भन्न भ्याएका थिए । यिनको जवाफ ठिक विपरित अवैध काम भएको स्वीकारेका सुवेदी संग भेट टाईम्स अडियो रेकर्ड लिएको थाहा पाए पछि मोबाईल उठाएका छैनन ।
हाडाले पटक पटक फोन नउठाए पछि कम्पनी म्यानेजर शेखर श्रेष्ठलाई मोबाईल नंंमा समेत भेटटाईम्सले फोन गर्दा फोन उठाएनन ।
औषधी व्यावस्था ऐन २०३५ अनुसार यसरी लेबल ढाटेर अर्कै बस्तुको नाममा औषधी आयात गर्दा र अबैध तवरबाट सरकारी पत्रनै किर्ते गरे औषधी आयात गर्दा कडा बारवाही हुने कानुनी व्यवस्था छ ।
भाजुरत्नले यो औषधी फिड सप्लिमेन्ट भनेर आयात गरेको छ । फिड सप्लिमेन्ट भनेको पशुपन्छीको उपचारमा प्रयोग हुने औषधी नभइ पशुपन्छीको खुराक हो । तर, यो फिड सप्लिमेन्ट अर्थात पशुपन्छीको खुराक नभइ एन्टिबायोटिक्स औषधी हो । यो एन्टिबायोटिक्स नै भएको सुवेदी बताउँछन् । सुवेदी यो औषधी गैरकानुनी रुपमै आयात भएको बताउँछन् ।
पछिल्लो कानुनअनुसार कुनै पनि औषधी औषधी व्यवस्था विभागको अनुमतिबिना आयात गर्न पाइँदैन । पशुपन्छी वा मानवीय औषधी सबै औषधी व्यवस्था विभागसँग स्वीकृति लिएर मात्र आयात गर्न पाइन्छ । तर, भाजुरत्नले प्रक्रिया पूरा नगरी गैरकानुनी रुपमा औषधी आयात गरेको सुवेदी बताउँछन् ।

1 COMMENT

LEAVE A REPLY