डिडिसी संचालक समिति सदस्यमा डा. श्रेष्ठ नियुक्त

0
104

काठमाडौं। दुग्ध विकास संस्थानले आफ्नो संचालक समितिमा भेटेरीनरी क्षेत्रका विज्ञ थप गरेको छ । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको संचालक समिति सदस्यमा नियुक्त भएका हुन् । श्रेष्ठलाई दुई वर्षको लागि विज्ञको रुपमा बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।

भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशील छन् । भेटेरिनरी व्यवसायमा सक्रिय  श्रेष्ठ यस अघि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आवद्ध थिए । उनले दुग्ध क्षेत्रको विकासमा संस्थानको भूमिका महत्वपूर्ण रहेको बताउँदै संस्थानलाई व्यवसायिक र गतिशील बनाउन सहयोगी वातावरण तयार पार्ने प्रतिवद्धता जनाए ।

डिडिसीको दूधको गुणस्तरको विषयमा बेलाबेलामा प्रश्न उठ्दै आएकोमा डा. श्रेष्ठले त्यसलाई स्माधान गर्न आफू सक्रिय रहन बताए । उपभोक्ताले स्वस्थकर दूध उपभोग गर्न पाउनु उनीहरुको अधिकार भएको भन्दै डा. श्रेष्ठले उपभोक्ताको त्योअधिकारको संरक्षणका लागि आफ्नो भूमिका रहने बताए ।

LEAVE A REPLY