सकियाे १५औँ हात्ती महाेत्सव

0
40
????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

चितवन । पर्यटकीय नगरी सौराहामा जारी १५औँ हात्ती महोत्सव सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले समापन गरे ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन हात्ती महोत्सव गरिएको होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । यसैबीच हात्ती महोत्सव २०७५ अन्र्तगत हात्तीका छावाबीचको फुटबलको उपाधि एनआईसी एशिया बैंकले हात पारेको छ । प्रतियोगितामा एनआईसी एशिया बैंकले सीजी फुड्सलाई निर्धारित ३० मिनेटको खेलमा २ गोलका विरुद्ध ५ गोल गर्दै उपाधि हात पारेको हो ।

यस्तै महोत्सवअन्र्तगत अन्तर्राष्ट्रिय हात्ती पोलोको उपाधि सौराहाकै होटल सेभेन स्टार प्रालिले जितेको छ । सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा सम्पन्न फाइनल खेलमा एमई ट्राभल एण्ड टुर्सलाई ३ का विरुद्ध ५ गोल गर्दै होटल सेभेन स्टारले उपाधि हात पारेको हो । हात्तीको छिटो हिँडाइ प्रतियोगितामा सौराहा बचत तथा ऋण सहकारी संस्थाको बिजुलीकली प्रथम, नाटाको लक्ष्मिकली दोस्रो र नारायणगढको मिनि सपको बम्बुटकली तेस्रो भएका छन् ।

हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशको सहभागीता थियो । अन्तर्राष्ट्रिय हात्तीपालो प्रतियोगिता हेर्न नेपालसहित विदेशी पर्यटकसमेत सहभागी भएका थिए । हात्तीको प्रयोग गरी मान्छेले खेलिने सो प्रतियोगिता विदेशी पर्यटकका लागि निकै लोकप्रिय मानिन्छ ।

LEAVE A REPLY