कृषि भूमि बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना गर्ने ऐन ल्याउँदै सरकार

0
77

काठमाडौं । सरकारले खेति र पशुपालन गर्न योग्य जमिन बाँझो वा खाली राख्न नदिने भएको छ । भूमि व्यवास्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयले यसका लागि भूमि ऐन ल्याउने तयारी गरिरहेको छ । मन्त्रिपरिषद्बाट समेत पारित भइसकेको सो मस्यौदा अब केही दिनमै संसदमा पेश गर्ने मन्त्रालयले तयारी गरिहेको मन्त्री पद्मा अर्यालले बताइन् ।

नयाँ कानुनको मस्यौदामा खेति तथा पशुपन्छी पालन गर्न योग्य जमिन बाँझो वा खाली राखे ३ लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ । नेपालका खेतबारी बाँझो रहेको, रोजागारीको सिर्जना कम भएको तथा रोजगार गर्न युवा विदेश जाने प्रचलन बढ्दै गएपछि सरकारले यस्तो व्यवस्था ल्याउन लागेको हो ।

ऐनको मस्यौदामा भएको व्यवस्था अनुसार जग्गालाई वर्गीकरण गरिने छ । कृषियोग्य वर्गमा परेको जमिन लगातार तीन वर्षसम्म बाँझो राखे कारवाही गरिने छ । काबुबाहिरको परिस्थितिबाहेक अन्य परिस्थितिमा जमिन बाँझो राख्न पाइने छैन । यस्तो पाइए स्थानीय तहका अधिकारीले कारवाही गर्न सक्ने अधिकार दिइने बताइएको छ । यसका लागि प्रत्येक स्थानीय तहमा भूउपयोग कार्यान्वयन समिति गठन गरिने छ ।

ऐनले वर्गीकरणका लागि जग्गाको १० वर्ग तयार गर्ने व्यवस्था गरेको छ । कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी १० प्रकारमा वर्गीकरण गरिने छ ।

आवासीय क्षेत्रको जग्गालाई मात्रै प्लटिङ गर्न पाइने छ ।

LEAVE A REPLY