आज छैटाैं राष्ट्रिय पोल्ट्री दिवस : विशेष समारोह दमकमा, देशैभर कार्यक्रम गरी मनाइँदै

0
23

काठमाडौं। झापाको दमकमा आज राष्ट्रिय पोल्ट्री दिवस विशेष समारोहको आयोजना गरिएको छ । प्रत्येक वर्षको जनवरी १ तारिकका दिन मनाइँदै आएको पोल्ट्री दिवस विशेष राष्ट्रिय समारोह झापामा आयोजना गरिएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले बताए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी, महानिर्देशक निर्मल, पोल्ट्री व्यवसायी महासंघ र विषयगत संघहरुका प्रतिनिधिसहित व्यवसायीहरुको उनपस्थिति रहेको उनले बताए । अहिले प्रभातफेरी, स्कुलका बालबालिकालाई अण्डा खुलाउने कार्यक्रम(स्कुल एग), औपचारिक कार्यक्रम जस्ता कार्यक्रम हुने उनले जानकारी दिए ।

‘हामीले सहयोग गरेका हौं,’ उनले भने, ‘कार्यक्रमको आयोजना र व्यवस्थापन पोल्ट्री व्यवसायीहरु नै रहेको छन् ।’ दिवसकै अवसरमा आज झापामा चिकेन फेस्टिवल समेत आयोजना गरिएको छ । अण्डा उत्पादक संघको आयोजनामा सो महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।

यसबाहेक आज चितवन, पोखरा, बाँके–बर्दिया, धनगढीलगायतका स्थानमा समेत प्रदेश स्तरीय रुपमा पोल्ट्री दिवस समारोह आयोजना गरिएको छ । ‘हामीले प्रदेश स्तरमा समेत दिवस मनाउन आह्वान गरेका थियौं,’ महानिर्देशक निर्मलले भने, ‘देशैभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन सके पोल्ट्री क्षेत्रबारे आमसचेताना बनाउन सकिने अपेक्षा छ ।’

पछिल्लो समय नेपाल पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर बन्दै गएकोले यो दिवसको महत्व झनै बढेको विभागअन्तर्गतका कर्मचारी, प्राविधिक तथा व्यवसायीहरुले बताएका छन् । दिवसलाई दिवसका रुपमा मात्रै नभई उपलिब्धिमूलक बनाउन अध्यक्ष विष्टले पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आग्रह गरेका छन् ।

२०१४ जनवरी १ (२०७० पुस १७) देखि नेपालमा हरेक वर्ष पोल्ट्री दिवस मनाइँदै आएको छ । पहिलो पोल्ट्री दिवस चितवनमा मनाइएको थियो ।

गत वर्ष नेपालमा कुखुराको वार्षिक उत्पादक झण्डै ८ करोड ओटा रहेको थियो । तर, यसवर्षको पहिलो चौमासिकको प्रगतिलाई आधार मान्ने हो भने यो वर्ष कुखुरा उत्पादन दोब्बर अर्थात झण्डै १५ करोड पुग्ने अनुमान गरिएको छ । नेपालकाे पाेल्ट्री व्यवसायमा झण्डै ९० अर्ब रूपैयाँ लगानी रहेकाे अनुमान छ । याे क्षेत्रले देशकाे कुल गार्हस्थ्य उत्पादनमा झण्डै ५ प्रतिशतकाे याेगदान गरेकाे बताइएकाे छ ।

LEAVE A REPLY