कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुँदै

0
99

काठमाडौं। कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि ले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी यही माघ ११, १२ र १३ गते प्रदेश नं.३ अन्तर्गत चितवनको भरतपुरमा चितवन एक्सपो सेन्टरमा आयोजना गर्न गइरहेको छ । आयोजना हुन गइरहेको प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न १८ देशका कृषि सम्बन्धी कम्पनीहरुद्वारा १५० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए ।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती ,थोपा सिचाई, र बिषादी रहित कृषिका बारेमा एग्री सिनोप्सिस तालिम एवं गोष्ठी समेत संचालन हुने कुरा कम्पनीका प्रबन्ध निर्देशक भट्टराई बताउँछन् । भट्टराईका अनुसार उक्त प्रर्दशनीमा देश भरीबाट लगभग एक लाख भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत  आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिएका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेसिन देखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीका प्रबन्ध निर्देशक  भट्टराईले बताए ।

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।  साथै यो प्रर्दशनी कृषक र उत्पादक कम्पनी बिच कोसे ढुङ्गा सावित हुने कुरा भट्टराईले बताए ।

यस प्रर्दशनीलाई सफल बनाउनका लागि श्री प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरुले सहयोगीको भुमीका निभाई रहेको कुरा भट्टराई बताउँछन् ।

LEAVE A REPLY