भेटेरिनरी विधार्थी द्वारा निःशुल्क पशु स्वास्थ्य शिविर

1
848

चितवन/भेटेरिनरी शिक्षा र एक स्वास्थ्यको पक्षमा सक्रीयता पूर्वक कार्य गरिरहेको विधार्थीहरुको संस्था इन्टरनेशल भेटेरिनरी स्टुडेन्ट युनियन नेपाल( IVSA Nepal)ले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै निकै ख्यातीप्राप्त कामहरु गर्दै आइरहेको छ । यसै अनुरुप यसपटक भने यो संस्थाले भेटेरिनरी दिवशकाे अवसरमा चेक रिपब्लिक र स्लोभाकिया बाट प्रतिनिधि स्वरुप आएका भेटेरिनरी विधार्थीहरुसगँ – “आइ भि एस ए एक्स्चेन्ज प्रोगाम” गरिरहेको छ । यो यी दुई देशका आइ.भि.एस.ए ब्रनोका विधार्थिहरु बिचको दोस्रो एक्स्चेन्ज भएको र आगन्तुक भेटेरीनरी विधार्थीहरुको संलङ्नतामा चितवनको शरणपुरमा बृहत् – “निशुल्क पशु स्वास्थ्य शिविर” आज सम्पन्न भएको जानकारी हामीलाई  प्राप्त भएको छ । कार्यक्रममा करिब ८० भन्दा बढी किसान समुदाय लाभान्वित भएको र करिब २०० भन्दा बढी पशुहरु (८५ बाख्रा , ४८ भैंसी , ६७ गाई ) हरु प्रतक्ष्य रुपमा लाभान्वित भएको कार्यक्रम संयोजक तथा IVSA Nepal का एक्जेन्ज अफिसर विस्णुहरि शर्माले बताउनु भयो ।

शरणपुर बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष अमृत बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा वन विश्वविध्यालयका शिक्षकहरु डा.गोकर्ण गौतमले पशु स्वास्थ्य जाचंमा प्रमुख भुमिका खेल्नुभयो भने भेटेरिनरी टिचिङ हस्पिटलका डाइरेक्टर डा. दिपेश क्षेत्रीले सहाअयोजकको रुपमा उल्लेखनिय भुमिका खेल्नुभयो र डा.होम बहादुर बस्नेतले आफ्नै स्थानमा यस्तो कार्यक्रम भएको भन्दै कार्यक्रमको सफलताको लागि शुभकामना सन्देश सहित मन्तव्य दिनुभयो । यो कार्यक्रमको लागि डिपार्टमेन्ट अफ माइक्रोबायोलोजी एण्ड पारासाइटोलोजीका उप-प्राध्यापक डा.रेबन्त कुमार भट्टराई र  मुटु  का सर्जन डा. सन्जिब पण्डितले औसधिहरु उपलब्ध गराइदिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला पशु सेवा कार्यलय चितवनका वरिस्ठ पशु चिकित्सक डा. डिल्लीराम सेढाइले युरोपबाट आएका विधार्थीहरुको संलग्नतामा गरिएको शिविर निकै उपलब्धिमुलक र प्रेरणादायी भएको भन्दै आइ.भी.एस.ए नेपाललाई धन्यवाद जाहेर गर्नुभयो । “Antimicrobial Resistance- from Awareness to Action” भन्ने नाराका साथ विश्व भेटेरिनरी दिवसलाइ सप्ताहकै रुपमा मनाउन गत २६ अप्रिल बाट पक्लिहवा क्याम्पसमा Symposium मार्फत सुरु गरिएको कार्यक्रम २९ अप्रिलमा चितवनमा पशु स्वास्थ्य शिविर आयोजना गरि समापन गरिएको IVSA Nepal का अध्यक्ष युवराज पन्थले जानकारी गराउनु भएक छन्।

 

1 COMMENT

LEAVE A REPLY