विषादी प्रयोग घटाइने, प्रदेश ६ लाई अर्ग्यानिक प्रदेश बनाइने

0
103

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले नेपालमा किटनाशक विषादीको प्रयोग क्रमशः घट्दै गएको दाबी गरेका छन् । हाल कार्यान्वयनमा रहेको विषादी ऐन २०४८ लाई विस्थापित गर्ने गरी बनाउन लागिएको जीवनाशक विषादीसम्बन्धी विधेयक २०७५ बारे संघीय संसदको प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सो सम्बन्धी संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने–

‘नेपालमा २०५०/५१ देखि किटनाशक विषादीको प्रयोग बढेको पाइएको छ । त्यस्तै, २०६५ देखि २०६५ सम्म अत्यधिक मात्रामा विषदी प्रयोग भएको पाइयो । ०६५ यता विषदीको प्रयोग घट्दै गएको सुध्रँदै गएको पाइएको छ । नेपालमा व्यवसायिक बेमौसमी खेती बढ्न थालेपछि विषादीको प्रयोग गढ्दै गएको रहेछ ।
अहिले हामीसँग ४ प्रकारका विषादी छन् । त्यसलाई लेबलले छुट्टयाइएको छ । रातो र पहेँलो लेवल लगाइएका विषादी प्रयोग गर्ने नहुने किसिमका विषादी हुन् । र, हरियो र नीलो लेबल लगाइएको विषादी प्रयोग गर्न मिल्ने किसिमका विषादी हुन् । तर, कुन विषादी कसरी र केमा प्रयोग गर्ने भन्ने बारे आम किसान तथा उपभोक्ता सचेत नहुँदा हामीकहाँ केही समस्या भएको देखिएको छ । प्रयोग गर्नै नहुने रातो र पहेँलो विषादी पनि खुला सिमानाका कारण नेपालमा आएको र प्रयोग भएको पाइएको छ । तर, अहिले एकीकृत शुत्र जीव व्यवस्थापन(आईपीएम) प्रविधिको विकासले विषादीको प्रयोगमा कमी ल्याउन सकिएको छ ।

हालै गरिएका परीक्षणमा दक्षिण कोरिया, जापान जस्ता देशको तुलनमा विषादीको प्रयोग कम भएको पाइएको छ । र, हामीले प्रयोग गरेको विषादी कम नै भएको पनि पाइएको छ । तर, पनि हामीले अहिले प्रयोग गरेको भन्दा विषादीको प्रयोग घटाउँदै जानु पर्ने छ । प्राङ्गारिक तथा जैविक विषदीको प्रयोग बढाउँदै लानु पर्ने छ ।

प्राङ्गारिक तथा जैविक विषादीको प्रयोबारे अध्ययन गर्न समिति

२०७० सालमा गरिएको एउटा अध्ययनबाट नेपालमा प्रतिहेक्टर ३९७ ग्राम छ । तर, जापानमा प्रतिहेक्टर १६ केजीभन्दा बढी, अन्य कतिपयदेशमा १० प्रतिहेक्टर १० किलोग्राम, ८ किलोग्राम प्रयोग भएको पनि देखिएको छ । यसका लागि मन्त्रालयले मेरो नेतृत्वमा एउटा समिति गठन गरिएको छ । यो समितिले प्राङ्गारिक तथा जैविक विषादीको प्रयोगको अवस्था, आवश्यकता र चुनौतिबारे अध्ययन गर्दै जानुपर्ने अवस्था छ । भारतबाट आउने प्रतिबन्धित विषादीहरुलाई कडाइका साथ रोक्नेपर्ने अवश्था छ ।

सीमामा क्वारेन्टाइन चेकपोष्टहरु बढाउनु पर्ने अवस्था

नेपालभन्दा भारत ठूलो देश हुँदा हुँदै पनि जैविक आयात–निर्यातलाई चेक जाँच गर्ने क्वारेन्टाइन पोष्टहरु भारतले आफ्नोतर्फ जम्मा ४ ओटा मात्र राखेको छ । त्यो भन्दा हाम्रा क्वारेन्टाइन चेकपोष्टहरुको संख्या बढी छ । हामीले ३ सय भन्दा बढी जनशक्ति क्वारेन्टाइन चेकपोष्टहरुमा खटाएका छौं ।

विषादीलाई अहिले नै पूर्ण निषेध गर्न सकिँदैन

नेपालमा प्रमुख तरकारी खेतीका पकेट क्षेत्रहरु काभ्रे, चितवन, धादिङ जस्ता क्षेत्रमा विषादीको बढी प्रयोग भएको पाएका छौं । सकेसम्म रासायनिक किटनाशक विषादी प्रयोग नै गर्नु नपर्ने अवस्था निर्माण गर्न हामी लागि पर्ने छौं । तर, अहिले नै रासायनिक विाषादीको प्रयोगलाई पूर्ण निशेष गर्न सकिँदैन । किनभने सबैकिसिमको रारायनिक विषादी अहिले नै निषेध गर्दा त्यसका नकारात्मक असर उत्पादनमा देखिन सक्छ ।

प्रदेश ६ लाई पूर्ण अग्र्यानिक उत्पादनको प्रदेश बनाइने

प्रदेश ६ लाख पूर्ण अग्र्यानिक प्रदेशको रुपमा विकास गर्ने अभियान हामीले सुरु गर्दै छौं । यसरी नै एक एक गरि अग्र्यानिक अभियानलाई विस्तार गर्दै जाने सरकारको नीति छ ।’

LEAVE A REPLY