कृषकलाई १० हजार स्याउ र ओखरका विरूवा निःशुल्क वितरण

0
34

हुम्ला । सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ ।

जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बोट वितरण कार्य शुरु गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले बताए ।

सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा नं १ देखि ८ सम्मका कृषकलाई दश हजार स्याउका बोेट, दुई हजार चालिस ओखरका बोट वितरण गरिएको कृषि शाखा प्रमुख शाहीले बताउनुभयो । सिमकोट गाउँपालिकाभित्र रहेको १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरिएको हो ।

सिमकोट गाउँपालिकाले निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउ खेती गर्ने कृषकलाई कृषकलक्षित कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए ।

LEAVE A REPLY