नक्कली भेटेरिनरी औषधि पसल काण्ड ः व्यावसायी संघको आकस्मिक बैठक, अध्यक्षको राजिनामा माग

0
2034

काठमाडौं । नेपालका अधिकांश व्यावसायिक तथा गैरव्यावसायिक व्याक्तिले सरकारकै लेटरहेड र छाप नै किर्ते गरेर दुरुपयोग गरिरहेको घटना सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तो किर्ते काम भेटेरिनरी औषधिको क्षेत्रमा अझ व्यापक रहेको खुलेको छ । औषधि व्यवस्था विभागले गरेको अनुगमनमा अवैध रुपमा सञ्चालित ३०० भन्दा बढी भेटेरिनरी औषधि पसल (भेट फर्मा) फेला परेका हुन् । विभागले काठमाडौं, पोखरा, बुटवल र नारायणगढमा सञ्चालित पसलमाथि अनुगम गर्दा अवैध तवरले व्यवसाय गर्ने पसलहरु फेला परेको औषधि व्यवस्था विभागका एक उच्च अधिकारीले जानकारी दिएको छ ।

किर्ते व्यवसाय सार्वजनिक भएसँग किर्ते गर्ने व्यावसायी फरार भएका छन् । भेटेरिनरी व्यवसायीहरुको माउ संस्था नेपाल पशुपन्छी औषधि व्यावसायी संघको आकस्मिक बैठक शुक्रबार संघको केन्द्रिय कार्यालय टेकुमा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा अध्यक्ष गुरुङकै क्षमतामाथि संघका पदाधिकारीले प्रश्न उठाएका छन् । पदाधिकारीहरुले बैठकमा अध्यक्ष गुरुङको राजिनामा समेत माग गरेको खुलेको छ ।

बैठकमा पूर्व अध्यक्षहरु नवराज तिमिल्सेना, रेवतिरमण निरौला, कम्पोज बडाल, प्रजापति बास्तोला र हेमराज बडाल ‘ऋषि’ लगायततले वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारकिो उपस्थिति थियो । करिब ४ घण्टासम्म चलेको बैठकमा नक्कली सरकारी पत्र बनाएर राज्यलाई नै चुनौती दिने व्यावसायीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे समेत भम्भीर छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले भेट टाईम्सलाई बताए ।

व्यवसायी संघकै उच्च नेतृत्वको संलग्नता पुष्टि

किर्ते कागजात बनाई भेटेरिनरी पसल दर्ता गर्ने काममा नेपाल पशुपन्छी औषधि व्यावसायी संघकै उच्च नेतृत्व संलग्न भएको पुष्टि भएको छ । संघको नेतृत्वले ‘मोटो रकम’ लिएर संघकै लेटरहेडमा नक्कली कागज सक्कली भनी गरेको सिफारिस पत्र भेट टाईम्सलाई प्राप्त भएको छ । उक्त पत्रको विषयमा समेत बैठकमा व्यापक चर्चा भएको थियो । संघकै उच्च पदाधिकारीले हस्ताक्षर गरी किर्ते कागजातलाई सक्कली प्रमाणित गरेका छन् । संघका कार्यालय सचिव बालकृष्ण हुमागाँईले काठमाडौंको बुद्धनगरमा सञ्चालन गरेको गोप्य स्टेशनरी सेन्टरमा २५ हजार रुपैयाँ लिई सरकारी ‘लेटरहेड’ र प्रमाणपत्र बनाईदिएको सार्वजनिक भएपछि पूर्व अध्यक्षहरुले कार्यालय सचिवसँग खरो स्पष्टीकरण लिएको समेत स्रोतको दाबी छ ।

२५ देखि ५० हजार रुपैयाँमा किर्ते कागज र छाप

बैठकमा कार्यालय सचिव हुमागाँईले आफूले सरकारी लेटर हेड स्क्यान गरी दुरुस्त नक्कली लेटर हेड र किर्ते छाप तयार गरिदिए बापत व्यावसायीसँग २५ हजारदेखि ५० हजार रुपैयाँसम्म लिएको विषयमा पूर्व अध्यक्ष प्रजापति बास्तोलाले संस्थाको बेइज्यत गरेको भन्दै व्यापक छानविन गर्न माग गरेको समेत भेट टाईमसलाई प्राप्त बैठकको अडियो रेकर्डमा सुन्न सकिन्छ ।

मदिराको नसामा बैठकमा गए पूर्व अध्यक्ष निरौला

भेटटाईमसलाई प्राप्त बैठक सम्बन्धी सूचना स्रोतका अनुसार पूर्व अध्यक्ष रेवतीरमण निरौला दिउँसै मदिरा सेवन गरेर आएका थिए । उनले मदिराकै साहसमा आफ्ना विश्वास पात्र भनेर चिनिने वर्तमान केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङको राजिनामा मागेका थिए । उनले व्यावसायीका समस्या समाधान गर्ने क्षमता नभएका अध्यक्ष संस्थालाई आवश्यक नभएको भन्दै तत्काल सम्पूर्ण घटनाको जिम्मेवारी लिँदै पदबाट राजिनामा गर्न सुझाएका थिए । मिडियाप्रति नकरात्मक सोच भएका निरौलाले यस्तो घटना सञ्चार माध्यमले सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । भेटटाइम्सको सधै विरोध गर्ने निरौला र अर्का अध्यक्ष हेमराज बडाल ‘ऋषि’ले समेत निरौलासँगै मिलेर भेटटाईम्सका समाचार व्युरो प्रमुखको नामै लिई विरोध गरेका थिए । उनले सबै व्यावसायी साथी मिलेर गलत कामको समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई विज्ञापनलगायतका सहयोग बन्द गर्न अपिल गरेको समेत स्रोतले बताएको छ ।
दर्ता नै नभएको पसलको नाममा नेपाल पशुपन्छी औषधि व्यावसायी संघले सदस्यता शुल्क भनी काटेको नगदी रसिदमा आम्दानी वापत ५० हजार रुपैयाँसमेत जनाइएको छ । संस्थाका पदाधिकारीले नागरिकता र फोटो दिनुहोस्, हामी पसल दर्ता गराइ दिन्छौं भनेर किर्ते काम सुरु गरेका थिए । सरकारले अनुसन्धान गर्न थालेपछि पोल खुल्न थालेको हो ।

अध्यक्ष गुरुङ मौन

बैठकमा उपस्थित पदाधिकारीले राजिनामा माग गर्दै चर्को आवाज उठाउँदा समेत बैठकको अध्यक्षता गरिरहेका चित्रबहादुर गुरुङ भने मौन बसेका थिए । मौन बस्दा बस्दै पूर्व अध्यक्ष ऋषि बडालले पटक पटक आरोप लगाउँदै गुरुङनै यस घटनाको दोषी करार गर्ने अथक प्रयास गरेपछि आक्रोशित गुरुङले आफुमाथि लागेका आरोप पुष्टी गर्न बडाललाई चुनौती दिएका थिए । आरोप प्रमाणीत भए मात्र राजीनामा दिने अन्यथा समस्याको सामाना गर्ने भन्दै अध्यक्ष गुरुङले अडान लिएका थिए । राजिनामा माग भएको सम्बन्धमा भेटटाईम्सले गुरुङको धारणा बुझ्न टेलिफोन सम्पर्क गर्दा अहिले आफूले बोल्न आवश्यक नभएको भन्दै पन्छिए ।

LEAVE A REPLY