घाइते पशुचौपायाको उपचार गर्न हावाहुरी प्रविभात क्षेत्रमा पशु चिकित्सक परिचालित

0
496

काठमाडौं । बारा र पर्सामा आइतबार बेलुकी ७ः४५ बजेदेखि ८ः१५ बजेसम्म आएको शक्तिशाली हावाहुरीमा परी घाइते भएका पशुपन्छीको उपचारका लागि प्रभावित क्षेत्रमा पशु स्वास्थ्य घुम्तिशिविर सञ्चालन गरिएको छ । पशु सेवा विभाग परिचालित पशु चिकित्सतसहितको टोली, विज्ञ केन्द्र पर्सा र सम्पर्क केन्द्र बाराको संयुक्त आयोजनामा प्रभावित क्षेत्रमा शिविर सञ्चालन गरिएको हो ।
विभागका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलको संयोजकत्वमा ३ जनाको टोली प्रावित क्षेत्रमा परिचाल भएको छ । टोलीले प्राथमिक उपचारका लागि आवश्यक औषधि, भ्याक्सिनलगायत सामग्रीसमेत प्रावित क्षेत्रमा उपलब्ध गराइरहेको छ । हावाहुरीले ३ हजार भन्दा बढी पशुचौपाया घाइते भएका छन् । त्यस्तै, २ हजार २ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरेको अनुमान पशु सेवा विभागले गरेको छ । प्रभावित क्षेत्रमा खटिएका पशुसेवा विभागअन्तर्गत राम परीक्षण साह नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो । उनका अनुसार हावाहुरीमा परी ४०० भैसी, १ हजार ५०० बाख्रा, २०० गाई र १५० गोरु मरेका छन् । त्यस्तै, बरिब ३ हजार पशुचौपाया घाइते भएको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा विभागअन्तर्गतको विज्ञ केन्द्र पर्सा र सम्पर्क केन्द्र बाराले संयुक्त रुपमा झण्डै २ सय पशुचौपायको उपचार गरेको छ ।

LEAVE A REPLY