हावाहुरी पीडित पशुपन्छीलाई दाना र उपचार

0
247

कलैया(बारा) । शक्तिशाली हावाहुरीले प्रभावित पशुपन्छीका लागि दाना वितरण तथा उपचार कार्यक्रम प्रभावित क्षेत्रमा चलिरहेको छ । प्रभावित भलुही भरबलिया पुरैनिया गाउँमा ५० बोरो चोकर तथा १०० किलो भेली प्रभावित पशुपन्छी पालक किसानलाई वितरण गरिएको छ ।

त्यस्तै सो क्षेत्रमा पशुपन्छीको दाना उतपादन गर्दै आएको निम्बस र त्रिवेणी ग्रुपले गराएको ३ हजार किलो पेलेट दाना वितरण गरेका छन् । प्रभावित क्षेत्रमा पशु सेवा विभागलगायत विभिन्न संघसंस्थाका तर्फबाट प्रभावित पशुपन्छीको उद्दार र राहतको काम समेत चलिरहेको छ ।

सो क्षेत्रमा एनभिए २, एएफयु क्याम्पसका विद्यार्थी, एनभिसी, एभिपि, एनइभिएलए, पशु क्वारेन्टाइन, पशुपन्छी औषधि व्यवसायी संघ नारायणी शाखालगायत संस्थाहरुले उपचार, तथा राहतका काम गरिरहेका छन् ।

आइतबार बेलुकी पौने ८ बजेदेखि सवा ८ बजेसम्म आएको हावाहुरीले बाराको फेटा गाउँपालिका र पर्साका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्याएको थियो । सो क्षेत्रमा २२ सय ५० पशु चौपाया र ५ हजार कुखुरा मरेका छन् । ३ हजारभन्दा बढी पशु चौपाया घाइते अवस्थामा छन् ।

LEAVE A REPLY