पशुसेवा विभागमा सेवाग्राहीलाई फाइदा हुने फाइलहरु हराउने समस्या छः महानिर्देशक शर्मा

0
458

काठमाडौं। पशुसेवा विभागका नवनियुक्त महानिर्देशक डा. वंशी शर्माले एक स्वास्थ्य कार्यक्रम आफ्नो पहिलो एजेण्डा भएको बताएका छन् । नेपाल पोल्ट्री महासंघको बैठक तथा आफूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले दूधको लागि पालिने पशु मासुमा उपयोग गर्न नमिल्ने स्थिति हुँदा छाडा चौपायाको समस्या आएको बताए ।

डा. शर्माले विभागभित्र काममा ढिलासुस्ती गराउने केही तत्वहरु सक्रिय रहेको बताउँदै त्यसलाई हटाउन पहल गर्ने बताए । उनले छिटो छरितो रुपमा काम गर्नको लागि आफ्नै टिम बनाउने जानकारी दिए । ‘विभागमा सबै नराम्रो हुनुहुन्न’ उनले भने ‘तर मेरो दायाँ बायाँ रहेर काम गर्नको लागि मलाई आफ्नै टिम चाहिन्छ ।’ उनले नियमसंगत कामहरु सेवाग्राहीका प्रतिनिधि नभए पनि अगाडि बढ्ने बताए । उनले विभागमा सेवाग्राहीलाई लाभ हुने फाइलहरु हराउने समस्या भएको कुरा सत्य भएको बताउँदै त्यसलाई हटाउन पहल गर्ने बताए ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पशुसेवा विभागले नै व्यवसायीको हितमा काम गर्न नसकेको बताए । पशुसेवा विभागले नै उपभोक्तालाई मासु, अण्डा लगायतका कुराहरु उपयोग नगर्नु भनी तर्साउने तर ती पदार्थलाई कसरी सुरक्षित तरिकाले उपयोग गर्ने भन्नेबारे नबताउने गरेको गुनासो गरे । उनले उत्पादक किसानले मूल्य नपाउने तर उपभोक्ताले महंगोमा किन्नुपर्ने समस्या रहेको बताए । भारतबाट आयातीत गुणस्तरहीन पदार्थका कारण नेपाली व्यवसायीहरु मारमा परेको उनको भनाइ थियो ।

पोल्ट्री व्यवसायी शिवराम केसीले अहिले बर्डफ्लु लगायतको हल्लाका कारण किसान मारमा परेको बताउँदै रोग लागेका कुखुराको सही व्यवस्थापन गर्नुपर्ने र उपभोक्तालाई सहज रुपमा उपभोग गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले नेपाल पोल्ट्री महासंघ समेत यस कार्यमा असफल भएको गुनासो गरे । उनले उपभोक्तासम्म सबै मासु र अण्डा संक्रमित छेनन् र यी खाँदा केही हुँदैन भने सही सन्देश पुर्याउन सकेमा मात्रै पनि किसानलाई ठूलो राहत हुने बताए ।

LEAVE A REPLY