पशुपन्छीमा प्रयोग हुने खोपको उत्पादन र निर्यात गर्न सकिन्छ

0
235

सोहनप्रसाद अधिकारी, एक्जुकेटिभ चेयरमेन, क्युमेड फर्मुलेशन प्रालि

देशलाई आवश्यक सबै वस्तु तथा सेवामा आत्मनिर्भर बन्न नसकिएला । तर, सम्भव भएसम्मका वस्तु तथा सेवामा आत्म निर्भर बन्न सके त्यसले देशको बढ्दो व्यापार घाटालाई कम गर्दै लान सक्छ । साथै देशको आर्थिक समृद्धिमा समेत टेवा दिन सक्छ । नेपालमा पशुपन्छीको औषधिमा आत्मनिर्भर हुन सक्ने सम्भावना प्रवल रहेको सम्बन्धीत क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । यसै सन्दर्भमा क्युमेड फर्मुलेशन प्रालिका एक्जिुकेटिभ चेयरमेन सोहन प्रसार अधिकारीसँग गरिएको कुराकानी ः

पशुपन्छीको औषधि उत्पादनमा नेपाली कम्पनीहरुको भूमिका कस्तो पाउनु भएको छ ?

नेपालको भेटेरिनरी औषधि उत्पादन गर्ने उद्योगहरु १० वटा जति छन् । थप २÷३ कम्पनी हाल सञ्चालनमा आएका छन् । केही फिड सप्लिमेन्ट उत्पादन गर्ने कम्पनीहरु पनि छन् । उपभारतमा प्रयोग हुने भेटेरिनरी औषधितर्फ हाल ट्ब्याबलेट, क्याप्सुल, पाउडर, लिक्विडको उत्पादन गरेर देशभित्रकै उद्योगहरुले आन्तरिक माग धानेका छन् । तर, खोप(भ्याक्सिन) अर्थात् ‘इन्जेक्टेबल’ औषधि भने आन्तरिक उत्पादन छैन । एक÷दुई उद्योगले भ्याक्सिन उत्पादन हालै सुरु गरेका पनि छन् । तर, त्यो पर्याप्त छैन । भ्याक्सिन आयात गर्नुपर्ने अवस्था नै छ ।

पशुपन्छीको खोपजन्य औषधिमा पनि नेपाल आत्मनिर्भर हुन वा निर्यात नै गर्न सक्ने सम्भावना कस्तो देख्नुहुन्छ ? यसका लागि सरकारले के कस्तो सहयोग गर्नुपर्ला ?

नेपालमा अहिले जति पनि औषधि उद्योगको विकास भएको छ । त्यो निजी क्षेत्रको आफ्नै सामथ्र्य र पहलले भएको हो । सरकारले नीतिगत र व्यवहारिक सहयोग गरेको छैन भने पनि हुन्छ । नेपालमा पशुपन्छीको औषधि उत्पादन नभएको बेलामा बनेको ऐनले अहिले पनि यो क्षेत्रको नियमन भइरहेको छ । यद्यपी, यो संशोधन गर्ने प्रयास भने भइरहेको छ । बंगलादेश र नेपालको औषधि उद्योगको इतिहास खासै फरक छैन । तर, बंगलादेशका औषधि उद्योगहरु सरकारको सहयोग पाएर यति विस्तारित भएका छन् कि उनीहरुले अहिले विश्वका सयभन्दा बढी देशमा औषधि निर्यात गर्न थालेका छन् । हामी अहिले पनि आयातमै जोड गरिरहेका छौं ।

पशुपन्छीको खोपजन्य औषधि नेपालमा उत्पादन गर्न नसकिने होइन । यस्तो औषधि उत्पादन गर्ने उद्योग र त्यसको प्रविधि स्थापना गरेर उत्पादन थाल्न निकै ठूलो लगानी हुन्छ । लगानीको अनुपातमा बजार भने कम छ । निर्यात नै गर्ने गरी भ्याक्सिनको उत्पादन गर्ने उद्योग स्थापना गर्न सकिन्छ । यसका लागि सरकारले पनि नीति नियम बनाएर सहयोग गर्नुपर्छ ।

नेपालबाट पनि बाह्य देशमा भेटेनरी औषधि निर्यात गर्न सकिएला र ?

नेपालमा औषधि उद्योगको संख्या झण्डै सय पुग्न लागिसकेको छ । १० वटा त भेटेरिनरी औषधि उद्योगहरु छन् । औषधि निर्यात गर्न केही मापदण्डहरु पूरा गर्नुपर्छ । त्यसमध्ये विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को गुड म्यानुफ्याक्चिरिङ प्राक्टिस(जिएमपी)को गाइडलाइनलाई पूरा गरेपछि निर्यातको बाटो खुल्छ । त्सपछि निर्यात गरिने देशका पनि आफ्नै मापदण्डहरु हुन सक्छन् । ती मापदण्डअनुसार निर्यातको बाटो खोल्न सकिन्छ । नेपालमा क्युमेड फर्मुलेशन औषधि उद्योग एकमात्र डब्लुएचओ जीएमपी सर्टिफाइड कम्पनि हो । तर, हामीले नेपालकै आन्तिरिक बजार राम्रोसँग कभर गर्न नसकिरहेको अवश्थामा निर्यातमा जानुपर्ने बेला भएको छैन । निर्यात गर्नै नसकिने भने होइन ।

भ्याक्सिन औषधि उत्पादनमा ठूलो लगानी आवश्यक हुने हो भने विदेशी लगानी पनि त यो क्षेत्रमा ल्याउन सकिएला नि । तर, यहाँ विदेशी लगानीको विषयगत संगठनहरुले विरोध गर्दै आएका छन् ?

हाम्रै ससाना नेपाली पूँजीले चल्न सक्ने उद्योगमा ठूलो पूँजी ल्याउँदा आन्तरिक पूँजी वा लगानीकर्ता विस्थापित हुन सक्ने सम्भावना रहन्छ । अर्कोकुरा आन्तरिक बजारमै खपत गर्नका लागि विदेशी लगानीलाई बजार उपब्ध छैन । विदेशमा निर्यात गर्ने गरी यो क्षेत्रमा विदेशी लगानी ल्याउन सकिन्छ । औषधि उद्योग भनेको ठूलो लगानी गर्नुपर्ने, प्रत्येक वर्ष लगानी विस्तार गर्दै जानुपर्ने, प्रविधि परिमार्जित गर्दै जानुपर्ने उद्योग हो ।

नेपालमा उत्पादन भएको पशुपन्छीको औषधिको बजार हिस्सा कस्तो छ ?

भेटेरिनरीमा औषधिका दुई वर्ग छन् । पहिलो, उपचार गर्ने औषधि र दोस्रो दाना परिपूरक(फिड सप्लिमेन्ट) । यी मध्ये उपचार गर्ने औषधिको नियमन राम्रो छ । तर, फिड सप्लिमेन्टमा भने त्यती कडा नियमन छैन । यसले गर्दा जथाभावि रुपमा त्यस्ता औषधि भित्रिरहेका छन् । नेपालमा जति आवश्यकता छ, त्योभन्दा बढी आयात हुने, प्रयोग हुने अवस्था छ । उपचार औषधिमा भने नेपालका १० ओटा कम्पनीले आन्तरिक बजारको झण्डै ८० प्रतिशत बजार हिस्सा ओगटेको छ । यस्ता औषधि उद्योगमा पनि नेपाली उद्योगकै खपत हुन सक्ने थियो । तर, कतिपय नेपालीलाई नेपालको भन्दा आयातित औषधि राम्रो हुन्छ भन्ने भ्रमका कारण आयात भएका औषधि पनि प्रयोग भइरहेको छ । मानव औषधिको त बजार निकै ठूलो छ ।

नेपाली औषधि उद्योगहरुले प्रयोग गर्ने कच्चा पदार्थ र प्रविधिको आन्तरिक उपलब्धता कस्तो छ ?

पशुपन्छीको औषधि उत्पादनका लागि तीन किसिमका कच्चा पदार्थहरु आवश्यक हुन्छन् । जस्तो सिटामोल बनाउन पारा सिटामोल चाहिन्छ । पारा सिटामोललाई हामी ‘एक्टिभ इनग्रिडिन’ अर्थात् सार तत्व भन्छौं । सँगै अन्य धेरै चिजहरु पनि चाहिन्छ । यस्ता सबै कच्चा पदार्थ मध्ये ८० प्रतिशत भन्दा बढी भारतबाट, १० प्रतिशत चीनबाट र बाँकी तेस्रो मुलुकबाट आयात हुन्छ । हामीले हर्वल औषधि उत्पादन गरेको भए नेपालका कच्चा पदार्थ प्रयोग हुन्थ्यो होला । तर, हामीले एलोप्याथि औषधि बनाउने भएकोले नेपालका कच्चा पदार्थ प्रयोग भएको छ । त्यो हुँदा नेपालको कच्चा पदार्थको प्रयोग शून्य छ ।

कच्चा पदार्थ आयातमा सरकारले के कस्ता सेवा सुविधा दिए यहाँहरुलाई सहज हुन सक्छ ?

मानव औषधिमा सार तत्वको आयातमा भन्सारमा १ प्रतिशत छुट दिने भन्ने कुरा चलिरहेको छ । तर, भेटेनरी औषधिको कच्चा पदार्थका लागि पशु सेवा विभागबाट स्वीकृति लिनुपर्ने भएकोले भन्सार लाग्ने गरी भनेर सिफारिस गरिदिन्छ । औषधि बनाउन चाहिने ल्याब सामग्रीहरु, वातावरण कन्ट्रोल गर्न चाहिने संयन्त्रहरु ल्याउन सरकारले त्यति छुट दिएको छैन ।

नेपालमा भेट फर्माहरु अवैध रुपमा पनि सञ्चालन भइरहेका पाइएको छ । यहाँ नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षका रुपमा ४ वर्ष काम गर्नुभयो । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

हो, संघको अध्यक्ष हुँदा मैले नै भेट फर्माहरु, उद्योगहरु दर्ता गरेर व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भनेर तालिम तथा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । नेपालमा अनुगमन व्यवस्थित भएको छैन । औषधि बेच्ने, प्रयोग गर्ने कसले हो भन्ने परिभाषित नै भएको छैन । कसैले टेक्निसियनको टालिम लिनु भएको छ भने उहाँहरु उपचार गर्न योग्यो हुनुभयो । तर, उहाँहरुले पनि औषधि बेच्नु हुन्छ । कतिपय साथीहरुले झोलामै औषधि राखेर किसानको घरघरमा पु¥याउनु हुन्छ । यो उहाँहरुले किसानलाई गरेको सहयोग वा सेवा पनि हो । त्यसो हुँदा, दर्ताबिना, फर्जी रुपमा औषधि पसल चलाएको छ । प्रतिबन्धीत औषधि बेचेको छ भने त्यसालाई कारवाही गर्नै पर्छ । बाँकी कुरा त्यति ठूलो छैन । त्यसलाई अलिकति अभिमुखिकरण गरिदियो भने समाधान गर्न सकिन्छ ।

क्युमेड अर्थात् यहाँहरुको कम्पनीको कुरा गरौं । के कस्तो औषधि उत्पादन गर्दै आउनु भएको छ ?

क्युमेड फर्मुलेशन प्रालि सञ्चालमा आएको ७ वर्षजति भयो । त्यसअघि नेपालकै एउटा उद्योगलाई औषधि बनाउन लगाएर (कन्ट्रयाक म्यानुफ्याक्चरिङ) गर्दै मेडभेट भर्मा नाममा बजारमा लगेको थिएँ । १० वर्षभन्दा बढी समय मैले औषधि उत्पादन र मेडिकल रिप्रेजेन्टेटिभको काम गरेको थिएँ । पछि क्युमेड फर्मुलेशन सञ्चालयनमा ल्याएर उद्योग सुरु गरेका हौं । अहिले नेपालमा आवश्यक सबै किसिमका औषधि क्युमेडले उत्पादन गरिरहेको छ । मानव औषधि पनि उत्पादन गरिरहेको छ । नेपाली कम्पनीहरु मध्येमा पशुपन्छीको औषधि उत्पादन गर्ने क्युमेड एक नम्बरको कम्पनी हो गुणस्तर र व्यापारको हिसाबले । यो मेरो दाबी होइन, यो क्षेत्रमा लाग्ने सबै सरोकारवालाले महसुस गरेको कुरा हो ।
आगामी दिनमा उद्योग विस्तार गर्ने योजना पनि यहाँहरुले बनाउनु भएको छ ?
नयाँ प्रविधियुक्त मेसिनहरु हामीले मगाइरहेको छौं । पहिला मान्छेले चलाउने मेसिनहरु, एनालाइटिकल मेसिनहरु थिए भने अव सेमि अटोमेशन हुँदै पूर्ण अटोमेशनमा जाने योजना छ । लगानी थप्दै जाने छौं । झण्डै २५० हाम्रो उद्योगमा रोजगारी गर्नुहुन्छ । उद्यागमा ८० करोड भन्दा बढी प्रत्यक्ष लगानी छ ।

सरकार र यहाँहरुको औषधि उपभोग गर्ने आम किसानलाई के भन्न चाहनुहुन्छ ?

उद्योग विकास विना देशको समृद्धि सम्भव छैन । तर, नेपाल सरकार यस मानेमा भाग्यमानी छ कि नेपाली उद्योगीहरुले नै गरेको मेहनत र बलबुताका कारण उद्योगको विकास यो ठाउँसम्म आइपुगेको हो । तर, सरकारले ७० अर्ब रुपैयाँसम्मको औषधि किन्दा नेपाली औषधि उद्योगले उत्पादन गरेको औषधि किन्दैन । टेण्डरमा भागै लिन नपाउने किसिमका मापदण्ड बनाउने गरेको छ । हामीलाई पैसा, अनुदान चाहिँदै । तर, सहुलियत दरमा भन्सार, आयकरलगायत सुविधा दिन सके हुन्थ्यो भन्ने लाग्छ ।

किसान दाजुभाईदिदिबहिनीहरुले त १८ वर्षदेखि हाम्रो औषधि प्रयोग गरिरहनु भएको छ । हामी गुणस्तरमा सम्झौता गर्दैनौं । औषधि प्रभावकारी छ भन्ने प्रमाणित नभएसम्म हामीले औषधि बजारमा ल्याउँदैनौं । हामी नेपाली नै भएकोले हामीले आम्दानी गरेको रकम देशभित्रै लगानी गर्ने हो । यो कुरा बुझिदिनु भए हामी आभारी हुन्छौं ।

LEAVE A REPLY