‘खोपको महत्व’ भन्ने नारासहित देशभर विश्व भेटेरिनरी दिवस २०१९ मनाइँदै

0
249

काठमाडौं । ‘खोपको महत्व’ भन्ने नाराका साथ आज(शनिबार) देशभर विश्व भेटेरिनरी दिवस २०१९ मनाइँदै छ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम शनिबार विश्वभर यो दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा शनिबार पशु सेवा विभाग, पशुपन्छी औषधि व्यवसायी संघ, भेटेरिनरी एशोसिएशनलगायत सरोकारवाला संघसंस्थाको आयोजनामा काठमाडौंमा विशेष उत्साहका साथ यो दिवस मनाइएको छ ।

दिवसका अवसरमा शनिबार बिहान त्रिपुरेश्वरस्थित भेटेरिनरी कम्प्लेक्सबाट प्रभातफेरी निकालिएको थियो । काठमाडाैंका विभिन्न स्थान गरी झण्डै ४ किलोमिटर परिक्रममा गरी सो प्रभातफेरीले पशुपन्छी क्षेत्रमा खोपको महत्वबारे सचेतना जगाएको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, सहसचिव डा. विमलकुमार निर्मल, पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मा लगायतको उपस्थिति थियो । कार्यक्रमा नेपाली सेना तथा प्रहरीको टोलीले ब्याण्ड बाजा बजाएर प्रभातफेरीलाई विशेष बनाएको थियो ।

कार्यक्रममा भेटेरिनरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि र काठमाडौंका भेटेरिनरी कलेजका विद्यार्थीहरुको समेतकाे उपस्थिति रहेकाे कार्यक्रमकाे सञ्चालन डा. मुकुल उपाध्यायले सञ्चालन गरेका थियो ।

LEAVE A REPLY