पशुपन्छी पालन संकटमा पर्दै गयो : महानिर्देशक डा. वंशी शर्मा

0
414

पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले पशुपन्छी पालन व्यवसाय नै संकटमा पर्दै गएको बताएका छन् । विश्व भेटेनरी दिवस २०१९ का अवसरमा भेटेरिनरी कम्प्लेक्स त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ग्रामीण क्षेत्रमा बस्ने नेपालीले पशुपन्छी पालन तथा कृषिलाई नै मुख्य पेशा बनाएकोले विगतमा पशुपन्छी पालन व्यसाय निर्वाहमुखि नै भए पनि समग्रमा बढी नै भएको उनको भनाई छ ।

‘युवाहरुको विदेश पलायनले अहिले पशुपन्छी पाल्ने व्यवसाय ग्रामीण क्षेत्रमै पनि संकटमा पर्दै गएको छ,’ उनले भने, ‘यो व्यवसायलाई फेरि अघि बढाउनु पर्ने छ । व्यावसायिकता ल्याउनु पर्ने छ ।’

खोपको विषयमा आम मानिसमा सचेतना ल्याउनु पर्ने भएकोले ‘खोपको महत्व’ भन्ने नारासहित भेटेरिनरी दिवस मनाउन लागेको समेत उनलेब ताए । विभागले हाल ४ करोड डोज खोप उत्पादन गर्दै आएको उनले बताए । ‘३ करोड डोज पोल्ट्रिसम्बन्धी खोपको उत्पादन भइरहेको छ,’ उनले भने, ‘८० लाख भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप उत्पादन भइरहेको छ । रेविज विरुद्धको खोप पनि उत्पादन भइरहेको छ ।’

२०४३ देखि नै भ्याक्सिन उत्पादन सुरु गर्दै गएको र हालसम्म १३ किसिमका भ्याक्सिन नेपालमै उत्पादन भइरहेको उनले बताए । नेपालमा २०५५/५६ सालबाट पिपिआरको खोप उत्पादन गरेको बताए । पशुको मात्र नभई मानवका लागि आवश्यक खोप समेत उत्पादन गर्दै आएको उनले बताए ।

हाल देश संघीयतामा गइसकेपछि स्थानीय तहको संख्या बढीभएकोले केही अन्योलको अवस्था देखिएको उनले बताए । ‘संघीयतामा गए पनि स्वास्थ्य सम्बन्धी विषय केन्द्रले नै हेर्ने भएकोले ७५ ओटा जिल्लामा रहेको संयन्त्रबाटै प्रभावकारी रुपमा काम गर्न सकिन्छ,’ उनले भने ।

सन् २०३० सम्म विभिन्न रोग उन्मुलन गर्ने लक्ष्य रहेकोले खोप उत्पादनन, शीतभण्डारण र ढुवानी तथा वितरणका लागि धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

 

LEAVE A REPLY