कुखुराको दाना लोड गरिएको ट्रकबाट १२० किलो गाँजा बरामद

0
264

काठमाडौं । कुखुराको दाना लोड गरिएको ट्रकबाट १२० किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । कुखुराको दाना लिएर चितवनबाट हेटौंडा जाँदै गरेको ना३ख ३७१५ नम्बरको ट्रकमा चेकजाँचको क्रममा हेटौंडा उपमहानगरपालिका ११ नवलपुरस्थित महेन्द्र राजमार्गबाट प्रहरी उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाको टोलीले ट्रकमा लोड भएको विजय पेलेट दानाको बोरामुनि लुकाएर लैजान लागेको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ।

गाँजासहित प्रहरीले ट्रक चालक तथा धनी मकवानपुर राक्सिराङका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार चितवन बस्ने ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY