भेटेरिनरी पसल अनुगमन तीव्र : हेटौंडा भेटमा औषधि व्यवस्था विभागद्वारा सिलबन्दी

0
1297

काठमाडौं । औषधि व्यवस्था विभाग नेतृत्वको अनुगमन टोली मकवानपुरको हेटौंडामा सञ्चालित एक भेटेरिनरी पसलमा तालबान्दी गरेको छ । टोलीले नेपाल पशुपन्छि औषधि व्यावसायी संघ प्रदेश ३ का अध्यक्ष विश्वराज बाँनियाले सञ्चालन गरेको भेटेरिनरी औषधि पसलमा तालाबन्दी गरेको हो । व्यावसाय दर्ता प्रमाण—पत्रको नविकरण नभएको पाइएपछि टोलीले पसलमा ताला लगाएको हो ।

विभागको नेतृत्वमा राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चलगायत निकायका प्रतिनिधिसहितको संयुक्त टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा हेटौंडा मोनरोडमा बानियाँले सञ्चालन गरेको हेटौंडा भेट सप्लायर्सले व्यवसायी दर्ता नविकरणको कागजात देखाउन नसकेको हो ।

राजधानी काठमाडौं, चितवन तथा बुटवलमा संचालित अधिकांश भेटेरिनरी पसल अवैध रहेको गुनासो बढेसँगै विभाग कडा कदममा उत्रिएको हो । विभागले पशुपन्छी औषधि पसलको अनुगमनमा तिव्रता दिएको छ ।

सरकारी छाप तथा लेटरहेडनै किर्ते गरेर गैरकानुनी तरिकाबाट औषधि पसल सञ्चालन गर्ने साथै विभिन्न चोरीनाकाको प्रयोग गरी अवैध औषधि समेत आयात गरेर बिक्रि गर्ने गरेको सूचनाको आधारमा औषधि व्यावस्था विभागको टोलीले अनुगमन गरेको हो ।

व्यावसायी विश्वराज बानियाँले भने पसल नविकरणको लागि वीरगञ्ज जान लागेकै बेला अनुगमन भएकोले नविकरण भएको कागजात देखाउन नसकेको भन्दै तुरुन्तै नविकरण गरी पसल सञ्चालनमा ल्याउने बताएका छन् ।

LEAVE A REPLY