अण्डा उत्पादक संघको अध्यक्षमा पुनः शिवराम केसी निर्वाचित

0
99

चितवन । नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भइसकेका केसी तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाति भएका हुन् । संघको विशेष साधारण सभा तथा अधिवेशनअन्तगर्तत आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका प्रत्यासी रघुनाथ भट्टलाई भारी मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।

केसीले भट्टलाई २१४ मतले पराजितत गरेका छन् । केसीले ३९७ मत पाएका छन् भने भट्टले १८३ मत मात्रै पाएका छन् । कुल ५९० मत खसेकोमा ३ मत वदर भएको थियो ।

केसी र भट्ट दुई छुट्टा छुट्टै प्यानलसहित निर्वाचनमा गएका थिए । सदस्यहरुमा किरण भुषण ओली ३८८ मत, राजकुमार श्रेष्ठले ३५९ मत, विनोद अधिकारीले ३१७ मत, भरत कार्कीले ३१० मत, प्रविण केसीले ३०७ र ललितबहादुर जिसीले २६६ मत प्राप्त गरेका छन् ।

अण्डा किसानहरु केसीको पक्षमा थिए । तर, सप्लायर्सहरु भने भट्टको पक्षमा थिए । निवर्तमान अध्यक्ष त्रिलोचन कडेंलको कार्यशैली प्रति रुष्ट बनेका किसानहरुले जेठ २४ गते भएको साधारण सभाले केसीलाई नै समर्थन जनाउँदै अध्यक्ष बनाएका थिए । तर त्यसले वैधानिकता नपाएपछि जिल्ला प्रशासन कार्यालय चितवनको निगरानीमा विशेष साधारणसभा तथा अधिवेशन गरिएको हो ।

अध्यक्ष पदमा रहँदा त्रिलोचन कँडेलले किसानको हितमा काम नगरेको, अन्डाको मूल्य सस्तिएर किसानलाई घाटा हुँदा कुनै ध्यान नपुर्याएको लायत आरोप लगाउँदै उनीमाथि अविश्वासको प्रस्ताव ल्याइएको थियो । अविश्वासको प्रस्ताव ल्याएपछि अध्यक्ष कँडेलले पदबाट राजिनामा गरेर नयाँ नेतृत्व चयका लागि मार्ग प्रशस्त गरेका थिए । संघको सभाले अध्यक्षमा शिवराम केसीलाई निर्वाचित गरेको भए पनि उनले वैधानिकता नपाउने भन्दै विवाद देखिएको थियो ।

विवाद समाधान गर्न पुनः निर्वाचन गराइएको हो । नवनिर्वाचित अध्यक्ष केसीले संघभित्र नेतृत्वको विषयलाई लिएर देखिएको विवाद समाधान गर्ने र अण्डा किसानको हकहितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

LEAVE A REPLY