भारतबाट कुखुराजन्य उत्पादन अवैध रुपमा आउन नदिन नाकामा व्यवसायीले नै निगरानी गर्ने

0
41

 

काठमाडौं । नेपालका पोल्ट्री व्यवसायी तथा किसानहरुले भारतबाट अवैध रुपमा आउने गरेको पोल्ट्रीजन्य उत्पादनमा कडाइ गर्ने भएका छन् । अवैध रुपमा कुखुराको तयारी मासु, कुखुरा, चल्ला, अण्डा भित्रिन नदिन व्यवसायीहरुले मुख्य नाकाहरुमा संयुक्त टोली बनाएर निगरानीमा बस्ने समेत निर्णय गरेका छन् ।

मंगलबार भएको उनीहरुको छलफलले काठमाडौं छिर्ने मुख्य नाका काभ्रे, फर्पिङ, थानकोटलगायतका नाकामा बसेर कडा निगरानी गर्ने निर्णय गरेको हो । व्यवसायी तथा किसानको भेलाले क्वारेन्टाइन प्रमाणपत्र चेक जाँच गरेरमामत्रै प्रवेश गर्न दिने निर्णय समेत गरेको छ ।

भेलाले त्यस्ता उत्पादन अवैध रूपमा भित्र्याउने सप्लायर्स, भेटेरिनरी प्रमाणपत्र दिएर सहयाेग गर्ने पशु चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने समेत निर्णय गरेको छ । भारतबाट, अवैध रुपमा कुखुरा , चल्ला, अण्डा जस्ता उत्पादन नेपाल भित्रिँदा नेपालको पोल्ट्री व्यवसाय धराशयी बनिरहेको उनीहरुको चिन्ता छ ।

 

LEAVE A REPLY