मोरङकाे कानेपाेखरीमा बर्डफ्लु, २ सयभन्दा बढी कुखुरा मरे

0
173

विराटनगर : मोरङमा बर्डफ्लुको संक्रमण देखिएको छ । जिल्लाको कानेपोखरी क्षेत्रका हाँस, कुखुरा, टर्की, बट्टाइ जस्ता चरामा बर्डफ्लुको संक्रमण देखिएको हो । कानेपोखरी ३ हरकपुरको यसोधरा कृषि फर्ममा पालिएका ती पंक्षीमा बर्डफ्लु देखिएको पशु ज्ञान केन्द्र मोरङका प्रमुख सुशील अधिकारीले बताए ।

फर्ममा रहेका कुखुरा मर्न थालेपछि पशु प्रयोगशाला विराटनगर र केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वरमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको उनले बताए ।

बर्डफ्लु पुष्टि भएपछि फर्ममा पालिएका २ सय २२ पंक्षीका साथै १५ क्विन्टल कुखुराको दानाको कच्चा पर्दाथ र १ सय ६० किलो दानासमेत नष्ट गरिएको छ । रोगको संक्रमण फैलिएको स्थानमा सिल गरिने पशु ज्ञान केन्द्र मोरङले जनाएको छ ।

फर्म संचालक प्रसाद मिश्रका अनुसार २ दिनअघि नै सो फर्मका २ सयभन्दा बढी कुखुरा मरेका थिए ।

LEAVE A REPLY