गाैहत्या प्रकरणकाे छानविन गर्न गृह मन्त्रालयकाे टाेली सुर्खेतमा

    0
    137

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको जंगलमा मृत भेटिएका गाईगोरबारे छानबिन गर्न गृह मन्त्रालयको टोली सुर्खेत पुगेको छ ।

    मन्त्रालयका उप–सचिव सागरमणि पाठकको संयोजत्वको छानविन टोली बुधबार सुर्खेत पुगेको हो । १३ भदौमा नेपालगञ्ज उपमहानगरपालिकाले कान्जिहाउसबाट दैलेख लैजाने क्रममा २ सय ९१ गाईमध्ये ३६ वटा गाईगोरु वीरेन्द्रनरको कट्कुुवा र बेउरेनीमा मृत भेटिएका थिए । गाईगोरु कालगतिले नभइ हत्या गरेकाे हुन सक्ने अाधारहरू फेला परेपछि हत्याबारे छानविन भइरहेकाे हाे ।

    घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनास्थलको स्थलगत अध्ययन गर्ने बताइएको छ । समितिले घटनाको सत्यतथ्य पत्ता लगाएर आगामी दिनमा यस्ता समस्या उत्पन्न हुन नदिन सुझावसहितको प्रतिवेदन १५ दिनभित्र गृह मन्त्रालयलाई दिइने संयोजक पाठकले बताए ।

    घटनाको छानबिनका लागि कर्णाली प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको टोलीले अहिले सुर्खेतमा अध्ययन गरिरहेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाले कान्जिहाउसबाट आठ वटा ट्रकमा राखेर पठाएका गाईगोरु वीरेन्द्रनगरको कट्कुवा र बेउरेनीको जंगलमा छोडिएको थियो । जिउँदा रहेका २ सय २१ गाइगोरुलाई नेपालगञ्ज पठाइसकिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७ जना ट्रक चालकको अनुसन्धान गरिहेको छ ।

    LEAVE A REPLY