गाई र कुकुर हत्या प्रकरण विरूद्ध पशुअधिकारकर्मी उत्रिए सडकमा

0
191

काठमाडौं । सुर्खेतमा गाई र खोटाङमा कुकुरको निर्मम हत्या भएको भन्दै त्यसको विरोधमा बुधबार राजधानीमा व्यापक प्रदर्शन भएको छ । पशु कल्याण संघ नेपालको अगुवाईमा माइतीघर मण्डलामा बुधबार दिउँसो सयौंको संख्यामा रहेका अधिकारवादीहरुले प्रदर्शन गरेका हुन् ।

पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले गाई र कुकुर हत्या मानवीय संवेदनहीनता भएको भन्दै सरोकारवालाको चर्को आलोचना गरिन् । उनले खोटाङमा कुुकुरको सामूहिक हत्या भएकोविरुद्ध प्रशासनमा उजुरी दिदाँ आफूलाई उल्टै धम्क्याउने काम भएको भन्दै आक्रोश पोखिन् । प्रदर्शनमा सहभागीहरुले पशुपन्छीको स्याहारः हाम्रो संस्कार, पशु हाम्रो साथी हो मार्न पाइँदैन, तीन तहको सरकार खै पशुप्रति जिम्मेवार रु लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै प्रदर्शनमा सहभागीहरुले पशुहरुकको प्रतिक मखुण्डो समेत लगाएका थिए ।

प्रदर्शनमा पशुअधिकारसँग सम्बन्धित अधिकारकर्मी र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । गत साता सुर्खेतमा ३६ गाई मृत अवस्थामा फेला परेका थिए । खोटाङमा कुकुरको हत्या गरिएको समाचार सामग्री प्रकाशित भएका थिए ।

LEAVE A REPLY