आन्दोलनरत कृषि तथा पशु प्राविधिकको व्यवस्थापन गर्न कृषिमन्त्रीका ३ विकल्प

0
4648
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले हाल आन्दोलनमा रहेका कृषि तथा भेटेरिनरी प्राविधिकहरुलाई व्यवस्थापन गर्न ३ ओटा विकल्प दिएका छन् । भेट टाइम्ससँग बुधबार मन्त्रालयमा कुराकानी गर्दै उनले करारमा कार्यरत प्राविधिकहरुको माग सम्बोधन गर्न सकिने सम्भावित ३ विकल्पबारे जानकारी गराएका हुन् । उनका अनुसार करारमा कार्यरत ३ हजार प्राविधिकलाई संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले बजेट व्यवस्थापन गररेर समायोजन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि धेरै जनशक्ति आवश्यक भएकोले उनीहरुलाई कृषि जोन तथा सुपर जोनहरुमा समायोजन गर्ने वा १ वर्षपछि करार समाप्त हुने अग्रीम जानकारी दिएर १ वर्षका लागि करार अवधि थप गर्न सकिने विकल्प उनले सुझाए ।

खास गरी संघीय सरकार अन्तर्गत एक स्थानीय तह एक कृषि तथा पशु प्राविधिकको अवधारणा अन्तर्गत करारमा ती कर्मचारी नियुक्त गरिए पनि हाल संघीयता कार्यान्वयनको सिलसिलामा सामान्य प्रशासन मन्त्रालयले नै उनीहरुका लागि संघीय सरकारको कृषि मन्त्रालयलाई दरबन्दी नदिएको र अर्थ मन्त्रालयले बजेट नदिएकोले उनीहरुको करार अवधि थप्न नसकिएको पनि उनले बताए ।

कृषि तथा पशु प्राविधिकहरुले राखेका माग जायज भएको र हाल आन्दोलनमा रहेका प्राविधिक देशलाई आवश्यक जनशक्ति पनि भएकोले उनीहरुलाई बिदा गर्ने मनसाय मन्त्रालयको समेत नरहेको उनले बताए ।

हाल पशुसेवा केन्द्रहरु तथा स्थानीय तहमार्फत गाउँगाउँमा कार्यरत ३ हजार प्राविधिक जनशक्ति आन्दोलनमा रहँदा पशुपन्छीको उपचार तथा कृषिबालि उपचारमा समस्या आउने विषयलाई मन्त्री खनालले स्वीकार गरे ।
अर्थमन्त्रालय, सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायले यसबारे उपयुक्त विकल्प दिनुपर्ने समेत उनले बताए ।

(मन्त्री खनालसँग पशु व्यवस्थापनलगायत समसामयीक विषयमा गरिएकाे कुराकानी भेट टाइम्स मासिकको असोज अंकमा…)

LEAVE A REPLY