पशु सेवा विभाग स्थापना तथा विश्व पशुपन्छी दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइँदै

0
81

काठमाडौं । पशु सेवा विभाग स्थापना दिवस तथा विश्व पशुपन्छी दिवस २०७६ को अवसरमा पशु सेवा विभागले सप्ताहव्यापी विभन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी विभागले दुबै दिवसका अवसरमा आयोजना गर्न लागिएको सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराएको हो । १४ असोज मंंगलबार परेको दिवसको अवसरमा विभागले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल परिसरबाट बिहान सात बजे जनचेतनामूलक प्रभातफेरी निकाल्ने भएको छ । त्यस्तै, बिहान १० बजे विकागको कार्यालय परिसर हरिहरभवन पुल्चोकमा औपचारिक कार्यक्रमको आयोजना गर्ने विभागका महानिर्देशक डा. वंशी शर्माले जानकारी दिए । त्यस्तै, १५ असोजमा गोकर्णस्थित गौशालामा पशु कल्याण कार्यक्रम गर्ने र १६ तथा १७ असोजमा विश्व पशुपन्छी दिवसबारे प्रचारप्रसार कार्यक्रम आयोजना गर्ने भएको छ । यसअघि ११ असाेजमा निबन्ध प्रतियाेगिता र १२ असाेजमा विभाग स्थित कार्यालयहरूमा सरसफाइ कार्यक्रम सम्पन्न भइसकेका छन् ।

विश्व पशुपन्छी दिवसका सन्दर्भमा पशुपन्छीले भाेक प्यास मेटाउन पाउने स्वतन्त्रता, आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता, दुःख, घाइते हुन र राेग लाग्नबाट बच्न पाउने स्वतन्त्रता, डर त्रास र तनावबाट मुक्त भएर बाँच्न पाउने स्वतन्त्रता जस्ता पशुका स्वतन्त्रत अधिकारका विषयमा बहस तथा पैरवी गर्ने गरिएकाे समेत जानकारी दिइएकाे छ ।

कार्यक्रममा महानिर्देशक शर्माले विभागको कार्य प्रगतिबारे समेत जानकारी गराए । विभागले गत आर्थिक वर्षमा पूँजीगत बजेट ८५ प्रतिशत खर्च गरेको र चालुतर्फ ९० प्रतिशत खर्च गरेको जानकारी गराए । चालू वर्ष १ अर्ब ८३ करोड ८७ लाख रुपैयाँ बजेट रहेकोले चालू वर्षको बजेट कार्यान्वनयको प्रगति पनि उल्लेख्य हुने विश्वास उनले व्यक्त गरे । उनले ९५.३ प्रतित विमासको क्षेत्र पशुसेवा क्षेत्रले ओगटेको समेत बताए ।

उनले हाल नेपाल कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर रहेको बताए । हाल दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको तथा काठमाडौंमा दैनिक ३ लाख किलो कुखुराको मासु खपत हुने गरेको बताए । त्यस्तै, खसीबोकामा पनि नेपाल ९५ प्रतिशत आत्मनिर्भर रहेको भन्दै अर्कोबर्षदेखि नेपाल शतप्रतिशत आत्मनिर्भर हुने बताए । माछामा भने ८५ प्रतिशत आत्मनिर्भर रहेको बताए । यसलाई बढाउँदै लाने र सौन्दर्य माछाको उत्पादनलाई समते बढावावा दिने बताए ।

विभागले चालू आर्थिक वर्षमा कृत्रिम गर्भाधान, उच्च नश्लका विर्य उत्पादन र प्रसार, मत्स्य विउ उत्पादन, पशुपन्छी तथा पशुपन्छी स्रोत विउ उत्पादन, पशुपन्छी रोग नियन्त्रण, पशुजन्य उत्पादन तथा उत्पादन सामग्री गुणस्तर नियन्त्रणजस्ता कार्यक्रम अघि बढाउन लागेको बताए ।

कार्यक्रममा विभागका उपमहानिर्देशक सम्झनाकुमारी काफ्लेले हाल दशैंको लागि काठमाडौंमा स्वस्थ मासु उपलब्ध गराउन विभागले ७ ओटा पशु चिकित्सकको टोलो खटाएको तथा काठमाडमौं भित्रिने पूर्वी नाका सँगा र दक्षिणी नाका चोभारमा अस्थायी क्वारेन्टाइन चेक पोष्टको समेत व्यवस्था गरेका बताइन् । उनले ३८ जना प्राविधिकलाई खटाइएको बताइन् । काठमाडौंमा भित्रिने खसीबोकाको स्वस्थताको प्रमाणपत्रका आधारमा मात्र भित्र्याइने गरेकोले अधिकांश स्वस्थ हुने समेत उनले बताइन् ।

LEAVE A REPLY