यसरी मनाइयाे पशु सेवा विभाग स्थापना तथा विश्व पशुपन्छी दिवस (फाेटाेसहित)

0
72

काठमाडौं । पशु सेवा विभागले मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी पशु सेवा विभाग स्थापना तथा विश्व पशुपन्छी दिवस मनाएको छ । दिवसका अवसरमा मंगलबार विहान भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर लगनखेलबाट निकालिएको प्रभातफेरी कार्यक्रम हरिहर भवनमा पुगेर समापन भएको थियो । ‘पशुप्रतिको आत्मीयता : आजको आवश्यकता’ भन्ने मुल नारासहित मनाइएको पशुपन्छी दिवसका अवसरमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, विभागका महानिर्देशक डा. वंशी शर्मा, विभाग र मातहतका कार्यालयका कर्मचारीलगायतको उपस्थिति थियो । बैंन्ड बाजासहित निकालिएको प्रभातफेरीमा सहभागीहरुले ‘पशुपन्छी प्रतिको सद्व्यवहार, समृद्ध नेपालको आधार’, ‘पशुपन्छीको स्याहार, हाम्रो संस्कार’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरहरु बोकेका थिए ।

प्रभातफेरीको समापनपछि पशु सेवा विभागको परिसरमा पशु सेवा विभाग स्थापना दिवसको सन्दर्भमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, मन्त्रालयका सचिव, विभागका महानिर्देशकलगायतले नेपालमा पशुधनको सम्बद्र्धन, संरक्षण र प्रवद्र्धनमा विभागको महत्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए ।

विभागले दुबै दिवसका अवसरमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रमकाे सञ्चालन गरिरहेकाे छ । १५ असोजमा गोकर्णस्थित गौशालामा पशु कल्याण कार्यक्रम गर्ने र १६ तथा १७ असोजमा विश्व पशुपन्छी दिवसबारे प्रचारप्रसार कार्यक्रम आयोजना गर्ने भएको छ । यसअघि ११ असाेजमा निबन्ध प्रतियाेगिता र १२ असाेजमा विभाग स्थित कार्यालयहरूमा सरसफाइ कार्यक्रम सम्पन्न भइसकेका छन् । हेर्नुहाेस् तस्बिर ः

LEAVE A REPLY