२४ देशका ४ सय पशु वैज्ञानिकको भेला पोखरामा : विकासशील देशका लागि दीगो पशुपालनसम्बन्धी साताैं अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

0
70

काठमाडौं । विकासशील देशका लागि दीगो पशुपालन सम्बन्धी सातौं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलनमा २४ देशका ४ सयभन्दा बढी पशु चिकित्सक, विज्ञ तथा वैशानिकहरुको सहभागिता रहने बुधबार पशु सेवा विभागमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नेपाल भेटेरिनरी एशोसिएशनले जानकारी दिएको छ । सम्मेलनमा पशु विज्ञान र मत्स्य क्षेत्रमा संलग्न बैज्ञानिक प्राध्यापक, अनुसन्धानकर्ता, जनशक्ति, उद्यमी कृषक तथा विद्यार्थीहरुको सहभागिता हुने एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बताए ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, भियतनाम, सिंगापुर, जापान, ताइवान, ओमान, इजरायल, दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानडा, फ्रान्स, चेक रिपब्लिका र स्पेनको सहभागिता रहने उनले जानकारी दिए । उनका अनुसार सम्मेलनमा सहभागी मध्ये आधाभन्दा बढी नेपालबाहेक अन्य देशका प्रतिनिधिहरु रहने छन् ।

सम्मेलनमा साना र मध्यम स्तरका पशु पोषण र घाँसेबाली, पशु प्रजननन लगायतका विषयमा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले बताए । त्यस्तै सम्मेलनमा जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानहरुलाई पारेको प्रभाव तथा त्यसको न्यूनीकरणका उपायलगायत विषयमा समेत छलफल हुने उनले बताए ।

सम्मेलनमा प्रमुख बक्ताको रुपमा चाल्र्स स्टु«त.ट अष्टे«लियाका प्राध्यापक डा. पिटर वेन र हिफर इन्टरनेशनल अर्कान्सस अमेरिकाका सिनियर भाइस प्रेसिडेन्ट डा. महेन्द्र नाथ लोहनी रहेका छन् । सम्मेलनमा १२ जना अन्तर्राष्ट्रिय वक्ता, १० जना स्वदेशी वक्ता गरी २२ वक्ता छन् । ९५ वटा विदेशी वैज्ञानिकका कार्यपत्र र ६२ नेपाली बैंज्ञानिकको कार्यपत्र गरी १ सय ५७ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताएको छ ।

यस अघि यो सम्मेलन चीन, मलेसिया, थाइल्याण्ड र इण्डोनेसियाले आयोजना गरिसकेका छन् । सम्मेलनको सह आयोजक नेपाल सरकार पशु सेवा विभाग र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश रहने बताइएको छ । सम्मेलनको अन्य सहआयोजकमा हिफर इन्टरनेशनल, इसिमोड, नेपाल पशु चिकित्सा परिषद्, नेपाल एनिमल साइन्स एशोसिएशन, नेपाल मत्स्य समिति, युनिभर्सिटि पुत्रा मलेसिया, सुरानारी युनिभर्सिटि अफ टेक्नोलोजी थाइल्याण्ड रहेका छन् । सम्मेलनको प्रबद्र्धक नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय पोखरा रहेको छ ।

सम्मेलन यही कात्तिक २२ गतेदेखि २५ गतेसम्म पोखराको होटल पोखरा ग्राण्ड, पार्दीमा जानकारी पत्रकार सम्मेलनमा गराइएको छ ।

LEAVE A REPLY