वधस्थलहरुको सरसफाइ अनि स्वस्थताको अवस्थाका

0
220
डा. केदार कार्की

पृष्ठभुमी
आज जतीनै स्वस्थ्य जनावर जस्तै राँगा, खसी, बोका, वंगुर दैनिक हाम्रा देशका विभिन्न नगर क्षेत्रमा वध गरिन्छ । वध गरिने पशु मात्र स्वस्थ्य भएर नपुग्ने रहेछ । यसका लागि वधस्थलमा न्युनतम सरसफाई तथा स्वस्थताका मापदण्ड त आधुनिक तथा व्यवस्थित वधशाला नबन्दासम्म चाहिन्छ । सरसफाईको न्युनतम पूर्वाधार नभएमा स्वस्थ्य पशु नै वध गरेमा पनि वधस्थलको भौतिक संरचनाको सम्पर्क, प्रयोग गरिने पानी औजार अनि अचानोले हाम्रा लागि मासुबाट प्राप्त हुने उत्कृष्ट प्रोटिन मात्र हैन सित्तैमा के रोग निम्त्याउने जिवाणु र विषाणु ल्याउने हो ? भन्न सकिन्न ।
हाम्रा समस्या कहाँ छन् ?
हाम्रो आफनो परिवेशमा शहरी क्षेत्रमा खसी कुखुराका केही फ्रेश हाउस मिट सेन्टरहरुमा सफाइ स्वस्थ्य वातावरण एंव मासु काटछाँट गरि भण्डारणका केहि आधारभुत संरचना तयार भएका देखिन्छन् । अन्यथा हाम्रा टोलमा बध गर्ने र मासु विक्री गर्ने पसलमा भने चौपाया प्रजाती वध गर्ने वधस्थलहरुमा वध भुईंमा नै गरिन्छ, छाला पनि भुईंमा नै काडिन्छ अनि मासु काटछाँट पनि भुईंमा नै गरिन्छ । माटो, धुलो, हिलोमा लसपस भएको कति सफा र स्वस्थ्य होला कम्तीमा छाला काडी सके पछि मासु काटछाँट गर्दा झुन्डाउने व्यवस्था त गर्न सकिन्छ । अझ एउटा पशु वध गरी त्यसबाट प्राप्त हुने मासु तयार हुँदा नहुँदै अर्को पशु त्यही वध गरी हाल्ने अर्को वध गर्न तयार पशु त्यही छेउमा बाँधि पाल्ने चलन छ । अनि छाला काडी सकेको मासु वातावरणमा प्रत्युत भइ सकेको अवस्थामा अर्को भरखर वध गरिएको पशु छाला काडी नसकेको अवस्थामा त्यो पशुको छालासंग लसपस हुँदा प्रदुषित हुन जाने संभावना हुन्छ ।
अभैm पछि वध गर्न राखिएका पशु त्यही पाल्दा तिनले विसर्जन गर्ने मलमुत्र तीनले प्रयोग गर्ने दाना पानी जन्य प्रदुषणबाट तयार गर्न लागिएको मासु कति सफा तथा स्वस्थ्य होला ? अझ मासु विज्ञानले के भन्छ भने, ‘छाला काडि सकेपछि वध गरे पछि पशुको छाती तथा पेटका भाग खोली भित्रि अंश, मुटु, कलेजो, मृगौला तथा पेट र आन्द्राभुँडी सावधानी पुर्वक, मासुजन्य तन्तुबाट छुट्टै राख्नु पर्छ । किनभने आन्द्राभुँडी फुटी यस भित्रको पचे नपचेको खाने कुरा लादि मासुजन्य तन्तुको सम्पर्कमा आए धेरै रोगजन्य किटाणु समेत सर्न सक्छन् । पशुले खाएको विषाक्तिहरुको अवशेष मात्र हैन, पशुले खाएको दाना आहारा पशुको शरीरमा चयअपचय हुँदा उत्पन्न विषाक्तिको संपर्कमा आउन सक्छ । यस पृष्ठभुमीमा वधस्थलमा पछि वध गर्ने गरि राखिएका पशुले विसर्जन गर्ने मलमुत्रको सम्पर्क आएको मासु कति सफा, स्वस्थ होला ? विक्री पछि वाँकी रहेको मासु पुनः विक्रीका लागि संचय गर्दा रातो लुगा वा बोराले छोपी वेला वेला पानी छर्कि संचय गर्ने हाम्रो मौलिक चलन छ । यसरी दिउसो तापक्रममा पानी छर्की छोपी राख्दा उत्पन्न हुने ह्यूडिटी(गुम्साइएको) ले मासु विग्रने तथा जिवाणु को संख्या वृद्धि गराउन मद्दत पु¥याउँछ ।
अझ हाम्रा कहाँ टिनका बाकस, खट्कुलोमा दाउरा बाली रौं भुत्ल्याउने पानी तयार गरिन्छ, दाउरा पो बेलैमा बल्छ वा बल्दैन सबै रौं भुत्ल्याउने गरी तात्छ वा तात्दैन यस भन्दा विडम्वना पशु भुत्ल्याउन पानी पो पुग्छ पुग्दैन । अझ एक पटकको पानीले सबैलाइ भुत्ल्याउन पर्छ । भनिन्छ पशुको शरीरमा प्रवेश गर्ने सबै खाले जिवाणु विषाणुको पहिलो प्रवेशद्वारा पशुको रौंको माध्यमबाट छाला हुँदै आप्mनो गन्तव्यमा पुग्छ । यसरी राम्ररी नभुत्ल्याएको अनि छाला पनि नकाडेको मासु कति सफा र स्वसथ्य होला । अझ हाम्रो समाजमा छाला नभएको मासु त के मासु । बरु प्रायजसो हाम्रा वधस्थल अनि मासु पसल एउटै थलोमा रहेका छन् । त्यो मासु काट्ने अचानो हेर्ने हो भने त्यो पनि काठको प्रयोग शुरु गरेको दिन देखि त्यसको सरसफाई गर्ने जाँगर किन प¥यो । बेच्नेलाई काटछाँट गरी बेच्ने हतार, उपभोक्तालाई मासु लगि भान्सामा पकाउन हतार । गर्नु त पर्ने हो प्रत्येक पटक मासु काटछाँट गरे पछि सम्पूर्ण अचानो बेस्सरी तातेको पानीले राम्रोसँग सफा गरे हुन्छ तर त्यो पशु वधशालामा पशु भुत्ल्याउन त मनग्यै पानी भए पो ? काटछाँट गर्न प्रयोग गरिने हतियार त्यो फलामे खुकुरी, खड्ग, चक्कु, छुरी प्रयोग पछि तातो पानीले सफा गर्ने चलन विरलै छ किनभने धार खिइने डर हुन्छ ।
वध पछि निस्कने लादि, हाड, खुर, रगतको व्यवस्थापन गर्ने चिन्ता र फुर्सद कसलाई ? त्यही छेउमा थुपारे भयो । महानगरपालिका, उपनगरपालिका, नगरपालिका वा कुनै फोहोर व्यवस्थापन गर्ने संस्थाले लैजाला हैन भने छेउछाउका फिरन्ते कुकुर, विरालो, झिंगा, लामखुट्टे त छँदैछ । त्यसैले हाम्रा वधस्थलमा मासुमा तथा किटजन्य जिव त साक्षी बसेकै देखिन्छ । कुकुरले मासु लुछ्दै, सामान्य झिंगा निलो झिंगा त मासुे पसलमा किन लुकेर बस्छ । अझ पशु वध गर्ने छाला काड्ने, भुत्ल्याउने, भित्रियांश अनि आन्द्रा भुँडी सफा गर्न तथा खुर छुट्याउन तथा मासु काटछाँट गर्ने कामदार कति सफा सुग्घर अनि स्वस्थ होलान ?

अव के गर्ने ?
प्रत्येक वधस्थलमा न्युनतम रुपमा कम्तीमा वध गर्ने भुईं त सिमेन्ट ढलान भएको होस् ताकी एउटा पशु वध गरे पछि सरसफाई सहज होस् ।

  •  वध गरीने पशुको किसिम अनुसार प¥याप्त तातो चिसो पानीको व्यवस्था होस् ।
  • वध गरेको पशुलाई छाला काड्ने प्रयोजन देखि भित्रियांश, आन्द्राभुँडी छुट्याउन तथा मासु काटछाँट गर्दा कम्तीमा भुईंमा नछुने गरी झुन्ड्याउने व्यवस्था त काठकै खम्बा ठड्याएर गर्न सकिन्छ ।
  •  वध पछि निस्किने वधस्थलका उप उत्पादन जस्तै रगत, लादि, रौं, हाड, खुरको उचित व्यवस्थापनको व्यवस्था वधस्थलमा होस् । भनिन्छ वधस्थलबाट निस्कने कुनै फोहर खेर जाँदैन ।
  •  वधस्थलमा पछि वध गरिने पशु राख्ने बेग्लै व्यवस्था हुनु पर्छ ताकी वध गरिएको पशुको बिक्रि वितरणका लागि तयार गरिने मासुसँग यिनको सम्पर्क नहोस् ।
  •  वधस्थलमा काटमार तथा मासु तयार गर्न प्रयोग गरिने हतियार, औजार खिया नलाग्ने खालका हुनु पर्छ, नभए निर्मलीकरण तथा निसंक्रमण गर्ने व्यवस्था होस् ।
  •  मासु काटछाँट गर्न प्रयोग गरिने त्यो काठको अचानो राम्रो सित तातो पानीले सफा गर्दा पनि हुन्छ । पसलमा मासु विक्रि गर्ने काम सकिए पछि धोइ–पखाली घाममा सुकाए पनि त निसंक्रमित हुन्छ ।
  •  बिक्री पछि बाँकी मासु फ्रिज, डिपफ्रिजमा संचय गरी राख्ने ।
  • कामदारको व्यक्तिगत सरसफाइ, वधस्थल वरपर फिरन्ते कुकुरको निरीक्षणमा निषेध, वधस्थल वरपर चुन मात्र छरेर राखे हाम्रो जनस्वास्थ्य वधशाला निरीक्षण, मासु जाँच नगरे पनि आधा सुरक्षित हुन्छ । त्यसो त राज्यले पशु वधशाला तथा मासु जाँच ऐन, नियमावली अनि, निर्देशिका तयार गरेर राखेको छ, त्यो त आधुनिक एवं व्यवस्थित वधशाला बनेछ भने लागु गरौँला तत्कालका लागि प्रारम्भिक अनुगमन गर्ने भनिएको छ । हालसम्मको स्थिति ५८ नगरपालिका मध्ये ५ वटाबाट मात्र यसबारे खबर पाएको खबरसम्म गरेका छन् । यी सबै हुन उपभोक्ता आफैँ सजग हुनु पर्ने छ । किनभने पशु वधशाला तथा मासु जाँच ऐन, नियमावली अनि, निर्देशीका तयार गरेर मात्र नपुग्ने रहेछ ।

LEAVE A REPLY