कुकुरलाई बनाएँ माइलो छोरा

1
470

सुदुर पूर्व खोटाङको सिमपानीमा जन्मिएका सिताराम पोखरेल पेशाले सरकारी जागिरे हुन् । नेपाल आयल निगमको निर्देशक रहेका उनको परिचय यतिमा मात्र सिमित छैन् । व्यस्त जागिरे जीवनकाबीच समय निकालेर उनले नेपाली सांगीतक क्षेत्रमा समेत आफूलाई स्थापित गर्न सफल भएका छ ।
२०४४ सालमा रेडियो नेपालबाट गायन क्षेत्रमा प्रवेश गरेका उनले २०५८ सालमा पहिलो एल्वम ‘खोजि हेरि नौँ’ निकालेका थिए । उनको विना कारण २०६१, सम्पर्क २०६४, अक्टुवर फोर २०६६ सम्मान २०६८ र सम्मान–२ २०७१ एल्वमहरु दर्शकहरुमाझ पुगेका छ ।
विगत दुई दशक भन्दा बढी समय देखि गायन क्षेत्र सक्रिय उनका १५० भन्दा बढी गीतहरु रेकर्ड भएका छन् । जागिरसँगै गायनलाई पनि व्यवसाय बनाइरहेको उनको भनाई छ ।
सुरुमा यसलाई शोखकै रुपमा लिएका उनले यसमा पाएको सफलतासँगै गायनलाई व्यवसायको रुपमा अगाडि बढाएको उनले बताए ।


कला क्षेत्रमा नाफा घाटा भन्दा पनि साधनाले जित्ने उनी बताउँछन् । ‘पैसामा तुलना गर्दा त त्यस्तो प्रतिफल नभए पनि यसबाट सन्तुष्टि र पहिचान पाएको छु,’ उनले भेट टाइम्ससँग भने । उनले आफ्ना गीतमा नेपालका चर्चित मोडल तथा नायिकाहरु रुवि राणा, सुमी खड्का, निशा अधिकारी, रञ्जना शर्मा, उषा पौड्याल, नन्दिता केसी, अरुणिमा लम्साल, दीपा शाही, सुमिना घिमिरे, झरना थापा, सुरभी जैन, मेनुका प्रधानलगायतलाई नचाएका छन् ।
उनलाई आँफैले गाएका गीत मध्ये २०४४ सालमा रेडियो नेपालमा रेकर्ड गरेको ‘सजाइदियौ जिन्दगी नै मेरो’ सबैभन्दा बढी मनपर्छ । पछिल्लो समय रेकर्ड भएको मध्ये ‘आज पनि तिम्रो बाटो हेर्दा हेर्दै रात बित्यो’ उनको सबैभन्दा बढी मनपर्ने गीत हो ।
पशुपंक्षीका शौखिन उनले घरमा कुकुर पालेका छन् । ‘पहिले मलाई कुकुर पटक्कै मन पर्दैनथ्यो,’ उनले भेट टाइम्ससँग भने, ‘कान्छो छोरो सिजन २० वर्ष भएपछि कुकुर पाल्ने सारै रहर ग¥यो त्यसपछि पाँच वर्ष अगाडि घरमा ल्यावब्रोडर जातको कुकुर पाल्न थालेको हुँ ।’ जेठो छोरो अमेरिकामा छ उनको । ‘कान्छो छोरा सिजन भने सँग घरमा नै छ । दुई वर्ष सम्म कुकुरको नाम राखेनौँ, पछि कुकरलाई माइलो भनेर बोलाउन थाल्यौँ,’ उनले भने ।
उनले पालेको कुकुर परिवारको सदस्य जस्तै छ । ‘माइलो (कुकुर) छोरा सिजन सँगै सुत्छ,’ उनले भने ‘विहान ५ः३० बजे नै कुकुर ढोकामा पुगेर आएका पत्रपत्रिका लिएर दिन्छ ।’ कुकुर यतिसम्म ज्ञानी हुन्छ भन्ने कल्पना समेत नगरेको उनको भनाई छ । कुकुरले उसलाई तयारी पारेर राखिदिएको मासुभातसमते खानको लागि हाम्रै इशारा पर्खने गर्दछ । आजभोली घरको कुकुरको मायाले सामुदायीक कुकुर तथा अन्य छाडा पशुपंक्षीको समेत उनमा माया जागेर आउँछ ।
‘बाटोमा कुनै कुकुरहरु देखेँ भने माया लाग्छ,’ उनले भने, ‘यसले के खायो होला, कहाँ बस्छ होला ? भन्ने लाग्छ ।’ समाजमा गन्यमान्यहरुले कुकुरलाई सडकमै डोराउने र बाटोमै सौच गराउने गरेको पाइन्छ तर उनले घरमा कुकुरको लागि छुट्टै सौचालय समेत बनाइदिएका छन् ।
उनी घरको गेटमा पुग्दा वित्तिकै स्वागतका लागि ‘माइलो’ गेटसम्म पुग्छ । ‘म कतै बाहिर गएर फर्किँदा उ स्वागत गर्न गेटसम्म आइपुग्छ,’ उनले भने, ‘गेटमा मेरो गाडी आयो की छोरो सिजनको भन्ने माइलोले आवाजबाटै थाहा पाउँछ ।’ कुकुरकै कारण कान्छो छोरोको दैनिक समेत बदलिएको अनुभव उनले सुनाए ।
‘आजभोलीका युवाहरु साँझ पार्टीमा रमाउने गर्छन, साथीहरु आउटिङ् गर्छन्,’ उनले भने, ‘सिजन बाहिर जहाँ भए पनि साँझ ८ बजे कुकुरलाई खुवाउनकै लागि भए पनि घर आइपुग्छ ।’ उनको घरमा पालिएको कुकुरको नियमित स्वास्थ्य परीक्षण गर्नका लागि घरमा नै पशु चिकित्सक आउँछन् । दसैँमा सपरिवार विराटनगर जाने कार्यक्रम बनिरहेको छ पोखरेल परिवारको । तर माइलोका कारण छोरो सिजन दसैँको भोलीपल्ट नै फर्कन हतार गर्छन् ।
माया पिरतीका गीत गाँउदै आएका पोखरेल आगामी दिनमा पशुपंक्षी सम्बन्धि गीत गाउने तयारीमा रहेको बताउँछन् । पशुपंक्षीको संरक्षण गर्नुपर्ने भन्दै उनले पशुपंक्षीलाई पनि मानिसलाई जस्तै माया गर्नुपर्ने उनको भनाइ छ ।

1 COMMENT

LEAVE A REPLY