वफादार कुकुरले पनि लिन्छन् मालिकको ज्यान

0
313

एजेन्सी, १२ पौस । अमेरिका भर्जिनियाको प्रहरी अनुसार त्यहाँकी एकजना २२ वर्षीया बेथेनी स्टीफन्स आफ्नो दुईवटा कुकुरको साथमा घुम्न निस्केकी थिइन् । तर तिनै कुकुरहरुले उनको ज्यान लियो । त्यसपछि धेरै किसिमका विवाद र प्रश्नहरु हाल त्यस ठाँउमा उठिरहेका छन् ।

प्रहरीले ट्वीटरमा जाँचकर्ताका अनुसार बेथनीको शिरमा देखिएको चोट कुनै भालु वा अन्य जनावरको नभएर दाँतको निशान भएको लेखेका छन् ।

तर यसै ट्वीटलाई प्रतिक्रियामा मानिसहरु मालिकलाई आफ्नै कुकुरले कसरी त्यस्तो हमला गर्नसक्छ भनेर प्रतिप्रश्न गरिरहेका छन् ।

बेथेनीले पिटबुल जातका यी कुकुरहरुलाई सानैदेखि पालेकी थिइन् । उनी तिनै कुकुरहरुको साथमा भर्जिनियाको गुजल्याण्डमा बस्दै आएकी थिइन् ।

जानकारहरुका अनुसार बेथेनीको मामिला अझै पनि स्पष्ट छैन तर अध्ययनहरुले पाल्तु जनावरले मालिकलाई हमला गर्नका पछाडी केही कारण सधै हुने गरेको बताउँछ ।

वेलायतको एउटा चर्चित पशु अस्पतालका चिकित्सक सिन वेन्सली यदि कुकुरहरु आफुलाई खतरा भएको महसुस गरेमा त्यस्तो किसिमको आक्रमण गर्ने गरेको बताउँछन् । उनी भन्छिन्,‘कुकुरहरुले टोक्नुको पछि एउटा कारण उनीहरुको डर हुन्छ ।’ अन्य ससाना कारणहरुमा उनीहरुको मनपर्ने चिज, स्थानलाई अरुबाट बचाउने क्रममा पनि उनीहरुले टोक्ने बताउँछिन् । उनी बताउँछिन् कि कहिले काहिँ यी जनावरहरु आफ्नो खाना बचाउने प्रयासमा पनि मान्छेलाई आक्रमण गर्ने गर्छन् ।

कुकुरहरुको व्यवहारको अध्ययन गर्ने डग ट्रेनर क्यारोलिन मेन्तीथको अनुसार कुकुरहरु अधिकांश छुट्टीको समयमा मान्छलाई टोक्ने गर्छन् तर उनी आफ्नो मालिकलाई नटोक्ने बताउँछिन् ।

पाउनाले भरिएको घर, यताउती कुदिरहेका बालबच्चा र जरुरतभन्दा ज्यादा हिनडूल गर्दा कुकुर सोच्न बन्द गर्छन् । कुनै किसिमका असन्तुष्टि र झन्झटलाई कुकुरहरु शरिरको भाषामा देखाउने उनी बताउँछन् । मानिसहरु आफ्नो व्यस्तताको समय विशेषगरी चाढपर्वजस्ता दिनहरुमा आफ्ना पाल्तूको समस्या नबुझ्ने कारणले पनि त्यस्तो समयको छेउछाउ तनावको कारणले पशुले आक्रमण गर्नसक्ने उनी बताउँछन् ।

यदि तपाईसँग दुई या धेरै कुकुरहरु छन् भने सधै उनीहरुको व्यवहारलाई निगरानी राख्नुपर्छ । वेन्सली भन्छिन्,यदि दुवै कुकुरहरु एकआपसमा प्रतिस्पर्धा गर्ने कोशिस गर्दैछन् भने यसको मतलब ति दुबैको रिस बढिरहेको छ र त्यस कुरालाई ध्यान नदिएको खण्डमा उनीहरु मालिकलाई पनि आक्रमण गर्नसक्छन् ।

यस्ता किसिमका घटनाहरुलाई घट्न नदिनका लागि आफ्ना पाल्तू कुकुरहरुलाई सानैबाट तालिम दिन आवश्यक छ।

LEAVE A REPLY