मौसम परिवर्तनको नकरात्मक असर विश्वका वन्यजीव र वनस्पतिमा

0
242

 

एजेन्सी, १३ पौस । वेलायतको एउटा प्रमुख संरक्षण च्यारीटिले विश्वको बढ्दो तापाक्रमले निमत्याएको अस्थिर मौसमले त्यहाँका पशुपंक्षी तथा बनस्पत्तिहरु नकरात्मक असर पुर्याइरहेको बताएको छ ।

वन्यजीव तथा मौसम सम्बन्धि आफ्नो वार्षिक समिक्षामा उक्त नेश्नल ट्रस्टले मिश्रित मौसम र समुद्रको बढ्दो तापक्रमले २०१७ सालको प्रकृतिलाई असामान्य बनाइरहेको बताएको छ ।

त्यहाँ फुलहरु असामान्य समयमा फुल्नुका साथै, त्यस क्षेत्रमा दुर्लभरुपमा घुम्न आउने चराहरु देखा पर्न थालेका छन् । समुद्रको गहिराईमा पाइने जीवहरु समुद्रका तटहरुमा देखा परिरहेका छन् ।

ट्रस्टका एकजना प्रकृतिक विज्ञ म्याथ्यु ओटसले २०१७ साल हालसम्मै कै गर्मी वर्ष नभए पनि तिमध्येको एक रहेको बताउँछन् । यस्तो असामान्य मौसमको परिवर्तनले वेलायत र विश्व कै प्रकृतिमा असामान्य हलचल ल्याएको उनको भनाइ छ ।

म्याथ्यु भन्छन्,‘यो समयमा ऋतुहरुको विशेषतामा एकदमै कम फरक रहेको महसुस भइरहेको छ त्यसैले प्रकृतिले कस्तो प्रतिक्रिया दिन्छ भन्नेबारे पूर्वानुमान गर्न एकदमै मुस्किल छ ।’

‘केहि जनावरहरु यस्तो प्रतिकुल वातावरणमा पनि बाँच्न सिकिरहेका छन् तर धेरैले भने एकदमै संघर्ष गर्नुपर्ने अवस्था छ । हामीले वन्यजीवलाई ठाँउ र समय दिन आवश्यक छ जहाँ उनीहरुले सुरक्षित र सजिलो महसुस गर्न सकोस् । हामीले उनीहरु जिउन मात्र नभएर समृद्ध हुन पनि सहयोग पुर्याउनु पर्छ ।’ उनले भने ।

अब यो वर्षका सुरुवाती महिना जनावरी ताका मौरीहरु देखा पर्न थाल्छन् र अनियन्त्रित रुपमा वनस्पतिहरु हुर्कन थाल्छन् । यसले ति वर्षभरी रहने साना वनस्पतिलाई दबाएर मार्ने खतरा रहन्छ ।

LEAVE A REPLY