साना पाल्तुमा क्विटानियस लिम्फोमाको संक्रमण

0
420

एजेन्सी, १३ पौस । छाला शरिरकै सबैभन्दा ठूलो अंग हो । तर धेरै छाला विशेषज्ञहरु यसलाई एउटा संवेदनशिल र जटिल अंग मान्छन् । छाला एकदमै असरदाद अंग हो र यो एउटा सुचनाहरुको महत्वपूर्ण स्रोत पनि हो । विशेषगरी यो आन्तरिक रोगको एकदमै चाढो संकेत गर्ने अंग हो ।

छाला क्यानसरहरु जस्ता मेटास्टिेटिक नियोप्लास्टिक रोगहरुले आक्रमण गरिरहने अंग पनि हो । कुकुरहरुमा छाला ट्युमर र असामान्य कोशिका वृद्धि हुने प्रमुख अंग नै हो । कुकुरको छालामा हुने संक्रमणमा एकतिहाई ट्युमर नै हुने गरेको बताइएको छ । कुकुर पछि छालामा हुने अत्याधिक समस्यामा विरालो पर्ने गर्छ । विरालोमा हुने छालाको संक्रमणमा ट्युमरको समस्या एकचौथाई पाइन्छ । ति जनावरहरुमा पाइने मास्ट कोशिका ट्युमर, स्क्वामोस कोशिका कारकिनोमस र बेनिग क्विटानियस हिस्टियोसाइटोमस जस्ता संक्रमणहरु निदान हुनसक्छन् र यिनीहरु सजिलै पहिचान गर्नसकिने क्विटानियस नियोप्लाज्महरु हुन् । क्विटानियस नियोप्लाज्मको एउटा अर्को स्वरुप क्विटानियस लिम्फोमालाई भने अक्सर वेवास्ता गर्ने गरिन्छ ।

क्विटानियस लिम्फोमा कुकुर र विरालोमको छालामा हुने धेरै संक्रमणमध्ये एक हो । तर यसले ति पाल्तुहरुको छालाको ट्युमरको एक प्रतिशतलाई मात्र प्रतिनिधित्व गर्छ । यस्तो किसिमको ट्युमरलाई दुई मुख्य वर्ग क्विटानियस इपिथेलियोट्रोपिक लिम्फोमा (इएल) र (नन इएल) मा विभाजन भएका छन् । इएल वर्ग टि सेल लिम्फोमाको उपसमूह हो ।

LEAVE A REPLY