जर्मनी नागरिकको भारतमा १२ सय अशक्त गाईको गौशाला

0
213

एजेन्सी, १६ पौस । भारतको मथुरा शहरस्थित गोवर्धन पर्वतको परिक्रमा मार्गको बाहिरी इलाकामा करिब १२ सय गाइहरुको गौशला छ । त्यसो त ब्रजहरुको त्यस इलाकामा धेरै ठूला गौशालाहरु छन् । तर त्यस १२ सय गाईको गौशालाको उल्लेखनिय कुरा के छ भने त्यहाँका सबै गाइहरु कुनै न कुनै हिसाबले अपाङ्ग, विमार, अशक्त र सााहारा विहिन छन् ।

उक्त गौशलालाई सञ्चालन गर्छिन् साठि वर्षीया जर्मनी नागरिक फ्रेडरिक ब्रुइनिंग जसलाई त्यहाँका बासिन्दा तथा गौशालाका कर्मचारीहरुले ‘अंग्रेज दिदि’ को नामले बोलाउँछन् । ब्रुइनिंग पछिल्लो ४० वर्षदेखि त्यस ठाँउमा बसेर गाईहरुको सेवा गरिरहेकी छिन् ।

धाराप्रवाह हिन्दी बोल्न सक्ने ब्रुइनिंग आफु दक्षिण एसियाली राष्ट्रको भ्रमणमा आउँदा बीस एक्काइस वर्षको रहेको सम्झना गर्छिन् । भारतको भ्रमणको क्रममा भागवत् गीता पढेपछि अध्यात्मतिर झुकाव बढेर गुरुको खोजीमा ब्रज क्षेत्रमा आएकी थिइन् र त्यहीँ उनलाई गुरु मिल्यो र उनले दीक्षा पनि लिइन् ।

उनी गाईप्रतिको रुझान् र तिनको सेवा पछिको आफ्नो एउटा घटना सुनाउछिन्,‘दीक्षा लिइसके पछिको केहि वर्षहरु त पुजापाठ, मन्त्रजाप इत्यादिमा नै बिताउदैँ थिए । तर एकदिन मैले एउटा गाईको बाछा देखे जसको खुट्टा पूरै भाँच्चिएको थियो । सबै मानिसहरु त्यसलाई हेर्दै हिडीँरहेका थिए । मलाई त्यो देखेर एकदमै दया लाग्यो र मैले त्यसलाई रिक्सामा राखेर आश्रममा ल्याए र त्यसको सेवा गर्न थाले । यसरी नै मेरो गाईको सेवाको कार्य शुरु भएको हो ।’

ब्रुइनिंग पहिले त आफुसँग मात्र दसवटा गाई भएको बताउँछिन् तर विस्तारै त्यसको संख्या सयौं । उनी ति गाईहरुले दुध नदिने र धेरै जसो दुध दिन छोडेर र विमार भएर मानिसहरुले ति गाईहरुलाई व्यवारिसे छोडेको बताउँछिन् ।

ब्रुइनिंगलाई यस्तो कार्यको लागि उनको बुबाको सहयोग रहेको उनले बताइन् । उनले यस किसिमको पशु सेवा धर्म शुरु गर्न अघि आफ्नो बुवालाई तिनको देखभाल, दवाई खर्चको लागि आर्थिक सहयोग मागेकी थिइन् त्यसपछि उनको बुवाले त्यससमय एकमुस्ठ धेरै पैसा दिनुका साथै अहिलेसम्म प्रतेक महिना उनले पैसा पठाउँदै आएका छन् ।

करिब साढै तीन हजार वर्ग गजमा फैलिएको ब्रुनिंगमो त्यस गौशालामा लगभग १२ सय गाईहरु छन् । त्यसमध्ये केहि गाई विमार छन् भने केहि अपाङ्ग छन् । केहि गाई त दृष्टिविहिन पनि छन् । ति गाईहरुको सेवाका लागि वरपरका करिब ७० जना मानिसहरुले ब्रुनिंगको सहायता गर्छन् । गाईहरुलाई आवश्यक पर्ने सबै किसिमका दवाईहर उनले घरमै राखेकी छिन् र आवश्यकता अनुसार चिकित्सक पनि आएर गाईहरुको उपचार गर्ने गरेका छन् ।

गौशालाको रेखदेख र गाईहरुको उपचारबाट वर्षेनी करिब २० लाखभन्दा माथि खर्च हुन्छ । यी सबैका लागि ब्रुइनिंग कुनै पनि सरकारी सहायता लिदिनन् । तर भारतमा भएका कुनै कुनै समाजसेवी संस्थाहरुले समयसमयमा अनुदान दिने गरेको छ र त्यसबाट पनि गौशाला चल्दै आएको छ । कहिले काहिँ मानिसहरु गाईहरुलाई आवश्यक पर्ने बस्तुहरु पनि दिएर जान्छन् तर ब्रुइनिंग ति सबका लागि कसैसँग सहायता माग्दिनन् ।

सुरभि गौशाला नामाकरण गरिएको त्यस गौशालालाई तिन हिस्सामा विभाजन गरिएको छ । बाहिरको दुई हिस्सामा गाईलाई स्वच्छन्दरुपमा चर्न दिनु साथै उनीहरुलाई हरियो चारो खुवाइन्छ । त्यस्तै अर्को एक हिस्सामा गाईहरुको खाने पिउने सामान राखिएको छ । र गेटको भित्रि हिस्सामा विहान बेलुकी गाईहरुलाई भूँस, खली र चोकर मिश्रित चारो खान दिइन्छ र त्यहीँ स्थानमा भित्ता र जमिनमा गाईको गोबरले लिपेको एउटा सानो घर छ जहाँ ब्रुनिंग बस्दै आएकी छिन् र गाईहरको सबै दवाईहरु त्यहाँ राखिएको छ ।

ब्रुइनिंगले बताए अनुसार गाईहरुाके मृत्युपश्चात उनीहरुको मुखमा गंगाजल दिएर उनीहरुलाई त्यहीँ समाधिस्त गरिन्छ र मृत गाईको लागि स्पीकर लगाएर शान्तिपाठ गरिन्छ ।

साथै उनले गाईरक्षकको सम्बन्धमा हाँस्दै गाई रक्षकहरु त्यहाँ आउने र बीमारी गाईहरुलाई त्यहाँ छोडेर जाने गरेको बताइन् ।

आश्रममा गुरुबाट दीक्षा लिएपछि उनको नाम ब्रुनिंगबाट सुदेवी दासी राखियो तर अहिले पनि अधिकारिक रुपमा उनको जर्मनी नाम नै त्यस क्षेत्रमा परिचित छ ।

LEAVE A REPLY