हात्तीको बच्चा उद्धार गरेपछि संचारमाध्यमा बने चर्चित

0
236

एजेन्सी, १६ पौस । दक्षिण भारतका एकजना वनचौकीदारले आफ्नो आमासँग छुट्टिएर खाडलमा खसेको एउटा हात्तीको बच्चालाई बचाएको समाचारलाई हाल संसारभरी कै संचारमाध्यमले ठाउँ दिएका छन् ।

पालानीछमी सरथकुमार नाम गरेका ति २८ वर्षीये युवा चौकीदारले तामिल नाडुमा त्यसप्रकारको उद्धार कार्य गरेयता संचारमाध्यमहरुमा उनको समाचारको बाढी आएको छ ।

धेरै मानिसहरु उभन्दा बढि ओजनदार प्राणीलाई उनले कसरी बोके होला भन्ने कुरा जान्न चहान्छन् । यसबारेमा उनी आफै भन्छन्,‘यो एकदमै भारी थियो । तर मैले यसलाई क्षणभरमै उठाए ।’ त्यसपछि उक्त बच्चा र त्यसको छुट्टिएको आमालाई मिलाइएको थियो ।

सरथकुमार ओटि पहाड स्टेशनभन्दा ५० किलोमिटर टाढा पर्ने मेट्टुपालायम नजिकको बन समूहका एकजना सदस्य हुन् । ‘मैले त्यस बच्चालाई उठाउँदै गरेको भिडियो यहाँको स्थानिय टेलीभिजनबाट प्रशारण भएपछि, मलाई बधाई दिनेको ओहिरो लागेको थियो ।’ उनले भने ।

अहिले गाउँका सबै मानिसहरु आफुलाई त्यत्ति भारी हात्तीको बच्चा कसरी उठाएको भनी प्रश्न गरिरहेको उनले सुनाए । ‘पहिले त म आफ्नै सन्तुलन गुमाउन लागेको थिए तर मेरो एकजना साथीले मलाई नियन्त्रण गर्न सहयोग गर्यो र मैले त्यसलाई उठाए ।’

उनले उक्त हात्तीको बच्चाको उद्धार गएको १२ डिसेम्बरमा रातको आफ्नो ड्युटी सकेर घर फक्रने क्रममा गरेका थिए ।

पालानीछमी सरथकुमार शिकार विरुद्धको दस्तामा कार्यरत छन् । उनले तामिल नाडुको मानव र हात्ती विचको द्वन्द्धबारे गवाही दिएपछि वन विभागमा सेवा शुरु गरेका हुन्

LEAVE A REPLY