कमेडी वाइल्डलाफ २०१७ मा यस्ता छन् उत्कृष्ट स्थान पाएका तस्विरहरु

0
364

एजेन्सी, १६ पौस । यसवर्षको कमेडी वाइल्डलाइफ २०१७ प्रतियोगितामा रुखको हाँगामा फर्केर चढ््ने कोशिश गरिरहेको एउटा उल्लुको तस्विरले पहिले स्थान हासिल गर्न सफल भएको छ । उक्त तस्विरलाई यसवर्ष प्रकृतिको सबैभन्दा चाखलाग्दो तस्विर मानिएको छ ।

कमेडी वाइल्डलाइफ प्रतियोगिता तीन वर्षदेखि चलिरहेको छ । यस प्रतियोगिताको लक्ष्य भनेको प्रकृतिबारेको जागरुकता बढाउनु हो ।
यस प्रतियोगितामा ३५ सय मानिसहरुले भाग लिएका थिए । यस प्रतियोगितामा तस्विरलाई विभिन्न स्थानका आधारमा वर्गिकरण गरिएको छ ।

जस अन्तर्गत हंगेरीमा टिबोर कर्जले लिएको उक्त उल्लुको तस्विरलाई रुखमा वर्गीकरण गरिएको थियो ।

त्यस्तै जमिनको वर्गमा खिचिँएको तस्विरमा इनाम मिला एन्ड्रिया जामपट्टीको फुलको थुङ्गामा चढेर हाँसीरहेको डोरमाउसको तस्विर उत्कृष्ट मानिएको छ ।

त्यस्तै समुद्र मुनिको वर्गमा एउटा कछुवाले वेगमा तैरिने क्रममा नजिकैको आफुभन्दा पनि ठूलो माछालाई पन्छाएर हिँडेको तस्विरले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । यो तस्विरमा कछुवाको हात र माछाको अनुहार देख्दा कछुवाले माछालाई थप्पड लगाएको जस्तो देखिन्छ । उक्त तस्विरलाई ट्राय मेनले लिएका हुन् ।

त्यस्तै आकाशको वर्गमा जोन थ्रेलफलको तस्विर उत्कृष्ट बनेको छ । यस तस्विरमा आकाशमा उडिरहेको चराको पुच्छरबाट वाफ निस्एिको जस्तो आभाष हुन्छ । वास्तवमा त्यो पछाडी निस्किएको धुवा भर्खरै उडेको हावाई जहाजको कारणले चराको मार्गमा देखा परेको हो ।

डेजी ग्लारडिनीले क्यानडामा लिएको एउटा तस्विरलाई धेरैले मन पराएका छन् । धेरैको मन जित्न सफल उक्त तस्विरमा हिउँ भालुको बच्चा उसको मादाको पिठमा चढ्ने प्रयास गरेको देखिन्छ ।

क्यालीफोर्नियामा पेनी पामरले लिएको एउटा उदविलावको तस्विरले पनि उत्कृष्ट स्थान हासिल गरेको छ । उक्त तस्विरमा त्यस उदविलावले हाई काढेर शरिर तन्काईरहेको देख्न सकिन्छ ।

अर्को कार्ल हेनरीले दक्षिण अटलान्टिक द्वीपमा लिएको तस्विरमा तिनवटा पेनगुइन एउटा ठूलो गिरिजाघर तिर गइरहेको देख्न सकिन्छ ।

त्यस्तै ओलिवियर कोलले बेल्जियममा लिएको एउटा तस्विरले पनि धेरैको मन लोभ्याउन सफल भएको छ । उक्त तस्विरमा एउटा खरायोले मुख भरी घाँस च्यापेको क्षणमा उक्त तस्विर लिइएको छ ।

केटी लावेक फोस्टरले इन्डोनेसियाको सुलावेसी द्वीपमा लिएको एउटा तस्विरमा दुईवटा बाँदर एउटा मोटरसाइकलमा बसेर लामो यात्राको लागि निस्कन लागेको जस्तो आभाष हुन्छ । त्यस तस्विरमा पछाडि बसेको बाँदरको हर्षको अवस्थालाई तस्विरमा सजिलै महसुस गर्न सकिन्छ ।

क्यालिफोर्नियाको सैन सिमोनमा लिएको जर्ज कैथकार्टको तस्विरले धेरैबाट सहारना पाएको छ । उक्त तस्विरमा दुईवटा सिल देखिन्छन् जहाँ एकले अर्कोलाई केहि भन्छ जसले गर्दा त्यस सिलको अनुहारमा एकप्रकारको अचम्मको अभिव्याक्ति देख्न सकिन्छ ।

अमेरिकाको सैन ओजेमा डगलस क्रोफ्टले लिएको तस्विरमा एउटा फ्यारोले गल्फ कोर्समा आफ्नो मलमुत्र विसर्जन गरेको तस्विरले सबैलाई कुत्कुत्याउँछ ।

त्यस्तै थाइल्याण्डमा डेनियल ट्रिमले लिएको मडस्किपर्स माछाको तस्विरले पनि उत्कृष्ट स्थान हासिल गरेको छ । उक्त तस्विरमा देखिएको मडस्किपर्स देख्दा यस्तो लाग्छ कि ति दुई कुनै युगल गीत गुनगुनाउँदैछन् ।

LEAVE A REPLY