चीनद्वारा गधाको छाला आयात करमा कटौती

0
487

एजेन्सी, १७ पौस । चीनले गधाको छालामाथि लगाउने आयात करमा कटौती गरेको छ । उसले यस्तो कदम चीनमा गधाको संख्यामा आएको कमिलाई ध्यानमा राखेर उठाएको हो ।

चीनमा गधाको छालाको प्रयोग त्यहाँको परम्पारिक दवाईहरु बनाउनका लागि प्रयोग गरिन्छ ।

सोमबारबाट उक्त आयात कर ५ प्रतिशतदेखि २ प्रतिशतमा झरेको हो ।

गधाको छालादेखि बनाइने जिलेटिकको चीनमा अत्याधिक माग रहेको कारणले हालैका वर्षहरुमा गधाको छालाको खरिद विक्री पनि बढेको हो । यसैको कारणले अफ्रिकी मुलुकहरुमा गधाको संख्यामा तिब्ररुपमा उल्लेखनिय कमि आएको जनाइएको छ । अफ्रिकी मुलुकहरुमा गधालाई सामान ओर्सान र अन्य यातायातको साधनको रुपमा प्रयोग गरिदैँ आएको छ ।

चीन सरकारको आकँडाको अनुसार चीनमा १९९० पछि गधाको संख्या करिब आधि भैसकेको छ भने यसको माग बढिरहेको अवस्था छ ।

धेरै अफ्रिकी देशहरुमा गधाको माग बढेसँगै त्यसको संख्यामा कमि आएको छ ।
चीनमा गधाको छालालाई पानिमा उबालेर जिलेटिन बनाइन्छ । जिलेटिनको प्रयोग एनीमियाजस्ता विमारको उपचारका लागि प्रयोग गरिन्छ ।

चीनमा गधाको मासुलाई पनि ज्यादै रुचाइन्छ । तर यसको संख्यामा आएको गिरावट र कमजोर प्रजननको कारणले हाल चीन यसको आपूर्तिका लागि विकल्पहरु खोजी रहेको छ ।

वेलायतको च्यारिटी डंकी सेन्चुरीको तथ्यांक अनुसार हरेक वर्ष १८ लाख गधाको खालको कारोवार हुन्छ तर माग भने सय लाख बराबरको छ ।

चीन सरकारको तथ्यांक अनुसार त्यहाँ १९९० ताका गधाको संख्या १ करोड १० लाख थियो तर अहिले त्यसको संख्या घटेर ३० लाख मात्र रहेको छ ।

गधाको छालाबाट बनाइने जिलेटिनको दाम प्रतिकिलो ३८८ डलर रहेको छ जसको नेपाली मूल्य करिब ४० हजार रुपयाँ छ ।

युगाण्डा, तंजानिया, बोत्सवाना, नाइजर, बुर्किनोफासो, माली र सेनेगल जस्ता राष्ट्रहरु माथि चीनलाई गरिने गधाको निर्यात माथि प्रतिबन्ध लगाइएको छ ।

LEAVE A REPLY