कुकुरमाथि पहिलो हाड विकाशको परिक्षण सफल

0
423

एजेन्सी, १७ पौस । स्कटल्याण्डका अनुसन्धानकर्ताहरुले एउटा कुकुरको खुट्टलाई बचाएका छन् । ति अनुसन्धानकर्ताहरुले पहिलोपटक प्रयोगशालामा हाड विकाश गर्ने विधिबाट उक्त कुकुरको खुट्टको नौलो उपचार गरेका हुन् ।

इभा नाम गरेको त्यस कुकुरले आफ्नो एउटा खुट्टा पुरै गुमाएको थियो । तर यस नयाँ प्रविधिले उसको खुट्टाको पुन सफल उपचार गरेको छ ।

केहि समय अघि इभा बाहिर हिनडुल गर्न सक्दैन्थ्यो । कारको ठोक्करले उसको खुट्टामा क्षति पुगेको थियो । चिकित्सकहरुले उसको खुट्टालाई काटेर फ्याँक्न बाहेक अन्य विकल्प छाडेका थिएनन् ।

तर वैज्ञानिकहरुले उनको खुट्टालाई एउटा सफल परिक्षणबाट बचाएका छन् । ति वैज्ञानिकहरुले प्रयोगशालामा इभाको खुटाको हाडलाई पुन विकाश गराएर उनको सफल उपचार गरेका हुन् ।

वैज्ञानिकहरुले उक्त भाच्चिँएको हाडमा एकप्रकारको रासायनिक प्रयोग गरी त्यसलाई प्लास्टिकले बेरेर हाडलाई बढाएका थिए ।

६ हप्तापछि इभाको हाडको समस्या पूर्णतया निको भयो । यस प्रकारको उपचार विश्व मै पहिलो पटक इभमाथि गरिएको हो ।

ग्लासगो विश्वविद्यालयका प्रध्यापक म्यानुएल स्यालमिरोन स्यानहेजले यस्तो फरक प्रविधि दुनिँयामै पहिलो पटक प्रयोग गरिएको बताएका छन् । यो नयाँ उपचार विधिले विश्वभरी कै खानी दुर्घटनाबाट पिडित भएकाहरुको जीवन परिवर्तन गर्न सक्ने प्रध्यापक स्यानहेजले बताएका छन् ।

यस प्रविधिलाई २० वर्षअघि वेलायती राजकुमारी स्व. डायनाको अवधारणलाई निरन्तरता दिने क्रममा विकाश गरिएको हो । यस प्रविधि अन्तर्गत यदि काटिएको अंगले हाडलाई पुन विकाश गर्नसक्छ भने चिकित्सकहरु त्यसमा कृतिम अंक जडान गर्न सक्छन् । यसले गर्दा अशक्तहरुलाई ह्विलचियरको प्रयोग गर्न पर्दैन ।

इभामाथि भएको सफल परिक्षण पछि चिकित्सकहरु ३ वर्षभित्रमा यो प्रविधिलाई मानिसमा पनि अप्नाउने योजनामा छन् ।

LEAVE A REPLY